कपिलवस्तु कात्तिक १३ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्कुल बसले मोटरसाइकललाई ठक्करबाट दुई जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ पुरेनामा मङ्गलवार दिउसो १२ः४० मा भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ बुड्ढीका मनिस थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बिर बहादुर सुनारले बताउनु भयो ।
गोरुसिङ्गे बाट पुरेना तर्फ जाँदै गरेको लु १ ख ९०९२ न.को स्कुल बसले उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको लु ६६ प ४८७५ न.को मोटर साइकल.एक आपसमा ठक्कर खाएका थिए । घाइते भएका थापालाई उपचारको लागी कपिलवस्तु अस्पताल तौलिहवा र थारुलाई चौराहा अस्पताल बुटवल पुराइएको थियो । अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

