होटेल पौवा गोरुसिंगे शाखाको स्थापना दिवशको अवसरमा सरसफाई कार्यक्रम (भिडियो सहित)

Advertisement


कपिलवस्तु चैत्र २४ गते ।
होटेल पौवा गोरुसिंगे शाखाले स्थापना दिवसको अवसरमा मन्दीर र अर्घाखाँची चोक सरसफाई गरेको छ । आइतवार स्थानीय इलाका प्रहरी कार्यालय गोरुसिंगे, जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु, समशेरदल गण सहयोगमा सरसफाई गरिएको थियो । अर्घाखाची चोर र सुपादेउराली मन्दीरको सरसफाई गरिएको ब्रान्च म्यानेजर रामु न्यौपानेले बताउनु भयो । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख प्रहरी निरीक्षक नरेश बहादुर शाहीले नेपाली प्रहरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत समुदायका सरसफाई जनचेतनाको काम गर्दै आएको बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख अनिष भण्डारीले आउने दिनमा अझ उत्कृष्ट काम गर्दै समुदायलाई टेवा पुराउन अपिल गर्नु भयो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार