पोल्ट्रीफार्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु

पोल्ट्रीफार्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु
पोल्ट्रीफार्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु

धनकुटा, चैत २४ गते।

 धनकुटामा लेदोले भरिएको खाडलमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका –१० मार्गास्थित बिजय पोल्ट्रीफार्मले फोहोर फाल्न बनाएको खाडलमा डुबेर दुई बालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा धनकुटा नगरपालिका –१० बस्ने ११ वर्षीय मनिश खतिवडा र धनकुटा नगरपालिका –९ बस्ने १५ वर्षीय दिपेश ओझा रहेको प्रहरीले जनाएको छ । दिपेस भने एसइई दिएर विदा मनाउन मार्गा आएका थिए ।

बिहान खाना खाएर घरबाट निस्किएका उनीहरु दिउँसो मृत फेला परेका थिए । किन र कसरी उनीहरुको मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । स्थानीयले भने फर्मको लापर्बाहीका कारण दुर्घटना भएकाले घटनास्थलमा बिरोध जनाएका छन् ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//omg10.com/4/6824010