स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

जलेश्वर, साउन १९ गते। महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। मंगलबार बिहान करिब ७:३० बजे मोर्डन शारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुर्घटनामा चालक विजय भुजेलसहित पाँच जना विद्यार्थी घाइते भएका छन्। अधिकांश घाइतेको खुट्टा, नाक र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनालाई बीके अस्पताल गौशालामा उपचारका लागि पठाइएको छ भने अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी…
Read More
एकपटक रुप्से पुग्न मन लाग्ने बनाउँछ यसको प्राकृतिक सौन्दर्य

एकपटक रुप्से पुग्न मन लाग्ने बनाउँछ यसको प्राकृतिक सौन्दर्य

म्याग्दी । नेपालका प्राकृतिक सम्पदामध्ये रुप्से झरना यस्तो गन्तव्य हो, जहाँ पुगेपछि फेरि–फेरि जान मन लाग्छ। तल कालीगण्डकी नदीले बनाएको गहिरो गल्छी, माथि अग्लो भीरबाट गर्जिंदै झर्ने झरना र वरिपरिको हरियालीले रुप्सेको सौन्दर्यलाई अनुपम बनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरना कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ जाने पर्यटकका लागि प्रमुख आकर्षण बनेको छ। सडकछेउमै रहेको झरनाको मनोरम दृश्यले यात्रुलाई केहीबेर रोकिएर प्रकृतिको आनन्द लिन बाध्य बनाउँछ। मनसुनका कारण अहिले झरनाको बहाव निकै बढेको छ। भीरबाट ठूलो गर्जनसहित खस्ने पानी, झरनाबाट उड्ने पानीका छिटा र कालीगण्डकी गल्छीको मनमोहक दृश्यले रुप्सेलाई झनै आकर्षक बनाएको छ। यहाँ पुगेका धेरै पर्यटकले…
Read More
तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ

तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ

काठमाडौं, १८ साउन नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।   जसमध्ये उपत्यकाबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ जना, गण्डकी प्रदेशबाट १ सय ८९ जना, लुम्बिनी प्रदेशबाट ५ सय ११ जना, कर्णाली प्रदेशबाट १ सय २१ जना, सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट १ सय ३१ जना पक्राउ परेका हुन् ।     सो अवधिमा अवैध लागूऔषध गाँजा ८ हजार ६ सय ३२ किलो…
Read More
गुर्डुङ खोलामा डुबेर मृत्यु हुने ८० वर्षीया महिला को हुन् ?

गुर्डुङ खोलामा डुबेर मृत्यु हुने ८० वर्षीया महिला को हुन् ?

जानु पाण्डेकपिलवस्तु, असार ४ गते। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित गुर्डुङ खोलामा मृत अवस्थामा फेला परेकी महिला बुद्धभूमि नगरपालिका–४ भगिरामपुर निवासी ८० वर्षीया रुपासेन वली रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वली केही समयदेखि आफ्नी छोरी जमुना केसीको घरमा बस्दै आएकी थिइन्। बिहीबार बिहान उनी कसैलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन्। स्थानीयवासीले गुर्डुङ खोलामा एक महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट प्रहरी निरीक्षक बाबुराम बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलमा मृतकको कपडा र झोला पुलको छेउमा रहेको फलामको पोलमा राखिएको अवस्थामा फेला पारेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनी…
Read More
एसईई उत्कृष्टलाई सम्मान गर्दै सोसियल

एसईई उत्कृष्टलाई सम्मान गर्दै सोसियल

कपिलवस्तु, । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको सोसियल इंग्लिस बोर्डिङ स्कुल बुद्धभूमि–२ गोरुसिङ्गे कपिलवस्तु ले एसईई २०८२ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र, खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो । यस वर्ष विद्यालयले बुद्धभूमि नगरपालिकामै उत्कृष्ट नतिजा ल्याउँदै प्रथम स्थान हासिल गरेको थियो । विद्यालयबाट एसईई परीक्षामा सहभागी ५८ जना विद्यार्थीमध्ये ९६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ११ जना तथा ३.२ देखि ३.६ जीपीए ल्याउने २० जना…
Read More
भृकुटी सामुदायिक वनको १२औँ साधारण सभा सम्पन्न

भृकुटी सामुदायिक वनको १२औँ साधारण सभा सम्पन्न

३२ लाख ५६ हजार रुपैयाँको आय–व्यय विवरण प्रस्तुत कपिलवस्तु, बुद्धभूमि–१ (कपासे) । भृकुटी सामुदायिक वन उपभोक्ता समूह, बुद्धभूमि–१ कपासेको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक वर्षको ३२ लाख ५६ हजार १६९ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरिएको छ । सभामा वन व्यवस्थापन, संरक्षण तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो । यस क्रममा ल्याण्डफिल साइटको व्यवस्थापन, उपभोक्तालाई सेन्सर लाइट वितरण लगायतका कार्यक्रम कार्यान्वयन गरिएको जानकारी गराइयो । भृकुटी सामुदायिक वन वि.सं. २०६७ सालमा हस्तान्तरण भएको हो । हाल यस वनमा १९५ घरधुरी उपभोक्ता आबद्ध छन् भने ७९.२२ हेक्टर क्षेत्रफल वन क्षेत्र रहेको छ ।…
Read More
कपिलवस्तुमा नालीभित्र एक पुरुषको शव फेला

कपिलवस्तुमा नालीभित्र एक पुरुषको शव फेला

(कपिलवस्तु), पुस २७ गते ।कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा हाटबजार अगाडि नालीभित्र एक पुरुषको शव फेला परेको छ। नालीमा भेटिएको शवको हालसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार शवलाई नालीबाट बाहिर निकालिएको छ। शवको अवस्था हेर्दा करिब तीन–चार दिन अगाडि मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
तनहुँमा तीन जनाको विभत्स हत्या, घटनास्थल तनावग्रस्त

तनहुँमा तीन जनाको विभत्स हत्या, घटनास्थल तनावग्रस्त

तनहुँ, पुस २६ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको खुलासा भएको छ। शनिबार बिहान दुई जना पुरुष र केही घण्टापछि एक जना महिला मृत अवस्थामा फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ। इलाका प्रहरी कार्यालय बेलचौतारालाई शनिबार बिहान करिब साढे ९ बजे फोहोरमैला प्रशोधन केन्द्रका एक कर्मचारीले दुई जना पुरुष मृत अवस्थामा भेटिएको जानकारी गराएका थिए। प्रहरी टोली घटनास्थल पुग्दा प्रशोधन केन्द्रको कम्पाउन्ड बाहिर दुई पुरुषको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ। मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछाप निवासी अन्दाजी ४० वर्षीय…
Read More
विद्यार्थीलाई न्यानो पोसाक वितरण

विद्यार्थीलाई न्यानो पोसाक वितरण

कपिलवस्तु, पुस २६ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको शिवशक्ति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो पोसाक वितरण गरिएको छ। स्वावलम्बन लघुवित्त वित्तीय संस्था ठाडा शाखा कार्यालय तथा बुद्धभूमि यूथ सोसाइटीको सहयोगमा विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक जानका पन्थीले जानकारी दिनुभयो। स्वावलम्बन लघुवित्त ठाडा शाखा कार्यालयका प्रबन्धक नारायण भण्डारीले ४३ जना विद्यार्थीलाई न्यानो पोसाक वितरण गर्नुभएको थियो। त्यसै गरी बुद्धभूमि यूथ सोसाइटीले बुद्धभूमि महोत्सवमा पार्किङ शुल्कबाट सङ्कलित रकममार्फत ३६ जना विद्यार्थीलाई न्यानो पोसाक वितरण गरेको सोसाइटीका अध्यक्ष शङ्कर महराले बताउनुभयो। दुवै संस्थाबाट करिब ६० हजार रुपैयाँ बराबरको न्यानो पोसाक सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।
Read More
बुद्धभूमि महोत्सव मंसिर १२ मा ज्योति, बिन्दु र सजिनाको प्रस्तुति

बुद्धभूमि महोत्सव मंसिर १२ मा ज्योति, बिन्दु र सजिनाको प्रस्तुति

पाँचौँ बुद्धभूमि महोत्सवमा मंसिर १२ गते पनि चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ। बुद्धभूमि–२, गोरुसिङ्गेमा जारी महोत्सव अन्तर्गत सो दिन लोकप्रिय गायिका ज्योति मगर र बिन्दु परियारका साथमा मोडेल तथा डान्सर सजिना चौधरी स्टेजमा प्रस्तुति दिनेछन्। मंसिर ४ गतेदेखि सञ्चालनमा आएको महोत्सव कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिको प्रवर्द्धनका साथै स्थानीय प्रतिभा र व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो। महोत्सव मंसिर १६ गतेसम्म निरन्तर चल्नेछ।
Read More
//omg10.com/4/6824010