६ बालबालिकाले चोरे २० तोला सुन

६ बालबालिकाले चोरे २० तोला सुन

दाङको राप्ती गाउँपालिकामा ६ जना बालबालिकाले मिलेर करिब २० तोला सुन चोरी गरेका छन्। चोरीमा संलग्न १४ वर्षका चार बालिका र १६ वर्षका एक किशोरसहित सुन किन्ने पसलेलाई पनि प्रहरीले पक्राउ गरेको छ। गत फागुन २३ गते राप्ती गाउँपालिका–७, बडका सिसहनियास्थित तारा गौतमको घरबाट काँचो सुन, सुनका गहना र ल्यापटप चोरी भएको थियो। गौतम परिवार घरमा ताला लगाएर लमही सरेको बेला बालबालिकाको समूहले ताला फोडेर चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
क्यान्सर प्रभावित पत्रकार केसीको निधन

क्यान्सर प्रभावित पत्रकार केसीको निधन

कपिलवस्तु, जेठ १७ गते। ब्लड क्यान्सरबाट प्रभावित पत्रकार दीपक केसीको निधन भएको छ । अर्घाखाँची घर भई कपिलवस्तुको रेडियो शिवराजमा स्टेसन म्यानेजरका रूपमा कार्यरत ३६ वर्षीय केसीको शुक्रवार राति निधन भएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जानकारी दिनुभयो । पत्रकार केसीको असामयिक निधनले कपिलवस्तुको पत्रकारिता क्षेत्रले एक कर्मठ र प्रतिबद्ध व्यक्ति गुमाएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाले जनाएको छ ।पछिल्लो दुई वर्षदेखि क्यान्सरको उपचारमा रहनुभएका केसीले भारतमा बोन म्यारो ट्रान्सप्लान्ट समेत गराउनु भएको थियो । स्वास्थ्यमा सुधार आएपछि पुनः पत्रकारितामा सक्रिय हुनुभएका केसीको स्वास्थ्य अवस्था अचानक गम्भीर भएपछि उपचारका लागि बुटवल लगिएको थियो । तर, उपचारकै क्रममा…
अवैध लागूऔषध सहित ११ जना पक्राउ

अवैध लागूऔषध सहित ११ जना पक्राउ

काठमाडौं, १२ जेठ             काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ५ किलो ९० ग्राम सहित २ जना भारतीय नागरिक आइतबार दिउसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३० वर्षीय MOHAMMAD ASHRAF MUHAMMED र २३ वर्षीय MOHAMMED SAFVAN KAKKATT रहेका छन् । थाइ लायन एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा MOHAMMAD ASHRAF को साथबाट ३ किलो ४ सय ४० ग्राम र MOHAMMED SAFVAN को साथबाट १ किलो ६ सय ५० ग्राम गाँजा जस्तो देखिने वस्तु फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।…
खाना पकाउदा ग्यास लिक भएर आगलागी, कपिलवस्तुमा  दाई बहिनीको ज्यान गयो

खाना पकाउदा ग्यास लिक भएर आगलागी, कपिलवस्तुमा दाई बहिनीको ज्यान गयो

कपिलवस्तु, जेठ १२ गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरामा ग्यास लिक भएर आगो लाग्दा एकै परिवारका दिदी–भाइको ज्यान गएको छ । पर्शुराम यादवको घरमा जेठ ११ गते बिहान करिब ७ बजे खाना बनाउने क्रममा ग्यासको रेगुलेटरबाट ग्यास लिक भई आगलागी भएको थियो । आगलागीमा परी उहाँको २४ वर्षीय छोरा शिव कुमार यादव र १८ वर्षीया छोरी सोनम यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले बताउनु भयो ।घरको भान्साकोठामा खाना पकाउने तयारी भइरहेकै बेला रेगुलेटर जडान गर्दा ग्यास लिक भई गोठमा बलेको आगोले समात्दा आगलागी भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ इलाका…
घुससहित मालपोत कार्यालयका तीनजना नियन्त्रणमा

घुससहित मालपोत कार्यालयका तीनजना नियन्त्रणमा

कोहलपुर (बाँके), जेठ ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस माग गरेको अभियोगमा मालपोत कार्यालय कोहलपुरका खरिदारसहित तीनजनालाई नियन्त्रणमा लिएको छ। जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै उनीहरुले घुस लिएको दाबी आयोग टोलीको छ ।  जिल्ला बाँकेस्थित मालपोत कार्यालय कोहलपुरमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेले लेखापढी व्यवसायी (विचौलिया) मार्फत सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। टोलीले कोहलपुर नगरपालिका वडा नं. ११ स्थित तिवारी रेष्टुरेण्टबाट आज हरिचन्द्र पाण्डेलाई २० हजार रुपियाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सो रकम तिवारी रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिइएको अवस्थामा फेला परेको थियो। सोही घटनामा संलग्न लेखापढी व्यवसायी (विचौलिया)…
प्याब्सन कपिलवस्तुद्वारा हस्तलेखन र निबन्ध लेखन प्रतियोगिता सम्पन्न

प्याब्सन कपिलवस्तुद्वारा हस्तलेखन र निबन्ध लेखन प्रतियोगिता सम्पन्न

प्याब्सन कपिलवस्तुद्वारा आयोजित हस्तलेखन तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको बुद्धभूमि ९ चौवन्न बुद्धभूमि क्याम्पसमा हस्तलेखन र निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको हो । सहभागी विद्यार्थीले अंग्रेजी र नेपाली दुवै भाषामा हस्तलेखन एवम निबन्ध लेखेका थिए। हस्तलेखन अंग्रेजी तर्फ कक्षा नर्सरी देखि यु केजी मा राइजिङ्ग स्टारकी आरुसी पौडेल प्रथम, आवर मदरल्याण्ड एकेडमीकि आयुष्मा आचार्य द्वितीय युनिक बोड्डिङ्ग स्कुलकि सृष्टि थापा तृतीय नर्थ पोइन्ट इङ्ग्लिस बोर्डिङ स्कुलकी दृष्टि घर्ती सान्त्वना भइन। नेपाली तर्फ न्यु शिशु बोर्डिङ स्कुलकी प्रिया भुज प्रथम, सनराइज इङ्ग्लिस बोर्डिङ स्कुलकी सान्वी यादव दितिय, युनिक बोड्डिङ्ग स्कुलका शिवंश काफ्ले तृतीय र आदर्श इङ्ग्लिस बोर्डिङ…
टिकटकमा देखाए सक्कली पेस्तोल, कपिलवस्तुका युवकले अब देख्दै छन् हिरासत

टिकटकमा देखाए सक्कली पेस्तोल, कपिलवस्तुका युवकले अब देख्दै छन् हिरासत

कपिलवस्तु, वैशाख ८ गते – टिकटकमा सक्कली पेस्तोल देखाएर भिडियो पोस्ट गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वैशाख ६ गते रघुबिन्द यादव नामक टिकटक एकाउन्टबाट पेस्तोलसहितको भिडियो भाइरल भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो। इलाका प्रहरी कार्यालय पकडीको टोलीले शुद्धोधन गाउँपालिका–६ महादेवका २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले जानकारी दिनुभयो। यादवलाई मायादेवी गाउँपालिका–१ पकडी स्थित मायादेवी होटेलबाट नियन्त्रणमा लिएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बसको ढोकाबाट खस्दा शिक्षकको मृत्यु

बसको ढोकाबाट खस्दा शिक्षकको मृत्यु

बैतडी, वैशाख ७ गते । विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ । शनिवार साँझ दार्चुलाको गोकुलेश्वर स्थित चौलानी बोडिङ्ग स्कुलको प्रचारप्रसारमा गएका शिक्षकको महाकाली राजमार्ग अन्तरगत डिलाशैनी गाउँपालिका ६ बाँगावगरमा बसको ढोकाबाट खसेर  मृत्यु भएको हो । गोकुलेश्वर बजारबाट बैतडीको दोगडाकेदार गाउँपालिका सिमानातिर गइरहेको उक्त विद्यालयको सु.प्र ०४, ००१क ०००९ नम्बरको बसको ढोकाबाट खस्दा दोगडाकेदार गाउँपालिका ४ का अन्दाजी २६ वर्षीय विष्णुदत्त भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर प्रहरी निरीक्षक किशोर ऐरीले बताउनुभयो । विद्यार्थी भर्नाको प्रचारप्रसार बाट फर्कँदै गर्दा शनिवार साँझ सवा ५ बजेतिर शिक्षक भट्ट बसको ढोकाबाट खसेर घाइते…
कृष्णनगरबाट जाँदै गरेको बस देउखुरीमा दुर्घटना : दुईको मृत्यु, १४ जना घाइते

कृष्णनगरबाट जाँदै गरेको बस देउखुरीमा दुर्घटना : दुईको मृत्यु, १४ जना घाइते

देउखुरी,  वैशाख  ५ गते । दाङको देउखुरीमा यात्रुबाहक बस दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटना शुक्रबार दिउँसो लमही–भालुवाङ सडक खण्डअन्तर्गत सिंगे खोला नजिक भएको हो। मृत्यु हुनेमा राजपुर गाउँपालिका–६ निवासी ५७ वर्षीय निल सरोज यादव रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। अर्की मृतक महिला रहेकी छन् तर उनको परिचय खुल्न सकेको छैन। दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनामा अन्य १४ जना यात्रु घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। बाँकी १२ जनालाई सामान्य चोटपटक लागेकाले…
शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार

कपिलवस्तु, ०५ वैशाख ।कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए । राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको घटना भएको जानकारी दिएको स्पष्ट पार्दै घटनास्थलबाट एक थान गोलिको खोका बरामद भएको नायव उपरीक्षक अधिकारीले जनाए । घटना बारे थप अनुसन्धान अघि बढेको उनले बताए ।