पहिरोले चार तले पक्की घर बगायो
अविरल वर्षापछि गएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजार दिवामार्गस्थित एक चारतले पक्की घर जगसहित बगाउँदा एक जना घाइते भएका छन्। सोमबार बिहान परेको अविरल वर्षापछि स्थानीय मानसिंह गुरुङको चारतले पक्की घर पहिरोसँगै करिब १५–२० मिटर तल बगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। घर बग्ने क्रममा उक्त घरमा डेरा गरी बस्ने रौतहटको कटहरिया नगरपालिका–७ घर भएका ५८ वर्षीय टोखान महतो घरभित्रै रहेका बेला घाइते भएका हुन्। त्यस्तै, नजिकै रहेको कृष्णदेव महतोको चारतले पक्की घरमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली, सशस्त्र प्रहरी बल र स्थानीयवासी उद्धारमा खटिएका थिए। बिहान करिब…
