पहिलो मम्मी डान्स आइडियलमा रन्जिता खनाल विजेता

पहिलो मम्मी डान्स आइडियलमा रन्जिता खनाल विजेता

पाँचौँ बुद्धभूमि महोत्सव अन्तर्गत पहिलो मम्मी डान्स आइडियल प्रतियोगितामा रन्जिता खनाल विजेता बन्न सफल भएकी छन्। फस्ट रनरअपमा गीता कार्की, सेकेन्ड रनरअपमा कल्पना क्षेत्री र सान्त्वना उपाधिमा गंगा पौडेल घोषित भए। विजेताले ५० हजार रुपैयाँ, फस्ट रनरअपले २५ हजार रुपैयाँ र सेकेन्ड रनरअपले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। प्रथम पुरस्कार आदर्श बोर्डिङ स्कुल, दोस्रो पुरस्कार मेलाको फिल्ड व्यवस्थापक अर्जुन क्षेत्री, र ट्रफी जनसेवा स्टेशनरी स्टोर ले सौजन्य गरेको थियो। पुरस्कृत प्रतिभाहरूलाई सम्मान गर्दै आयोजक बुद्धभूमि उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष विष्णु पौडेल ले सबै विजेतालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
Read More
पाँचौ बुद्धभूमि डान्स आइडियलका विजेता एलीसा

पाँचौ बुद्धभूमि डान्स आइडियलका विजेता एलीसा

पाँचौँ बुद्धभूमि महोत्सव अन्तरगत आयोजना गरिएको बुद्धभूमि डान्स आइडियल प्रतियोगितामा एलीसा थारु विजेता घोषित भएकी छन्। उत्कृष्ट नृत्य प्रस्तुति मार्फत प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले ‘पाँचौँ डान्स आइडियल’ को उपाधि हात पारिन्। विजेताका रूपमा एलीसाले २ लाख रुपैयाँभन्दा बढी मूल्यको इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरिन्। फस्ट रनरअप बनेकी समिरा कुवँर ले ५० हजार रुपैयाँ र सेकेन्ड रनरअप विदुरी घिमिरे ले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। सान्त्वना उपाधि दुर्गेश बी.के. ले हात पारे। पुरस्कृत हुनेलाई आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष विष्णु पौडेलले बधाई ज्ञापन गर्नु भएको थियो । विजेताहरूलाई सम्मान समारोहका क्रममा उपहार प्रायोजक तथा महोत्सवका व्यवस्थापक यम प्रताप…
Read More
डोटीको जोरायलमा इभि हाइस दुर्घटना, एकजनाको मृत्यु र १८ जना घाइते

डोटीको जोरायलमा इभि हाइस दुर्घटना, एकजनाको मृत्यु र १८ जना घाइते

दिपायल, असोज २५ गते । डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनस्थित भिमदत्त राजमार्गमा शनिबार बिहान इभि हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु र १८ जना घाइते भएका छन् । अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख–३९५६ नम्बरको इभि हाइस बिहान करिब ५ः३५ बजेतिर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा अछाम मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो । घटनामा घाइते १८ जनामध्ये आठ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि कैलाली अत्तरियास्थित पद्मा अस्पताल पठाइएको हो । प्रहरी…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अधिवेशन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अधिवेशन सम्पन्न

बुद्धभूमि नगरपालिका–४, कपिलवस्तु ।राष्ट्रिय स्वतन्त्र पार्टी, बुद्धभूमि नगरपालिका वडा नं. ४ को प्रथम अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशन अमरराज आचार्यको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा ११ सदस्यीय कार्य समिति तथा सल्लाहकार समिति समेत गठन गरिएको छ। अधिवेशनलाई प्रदेश उपसभापति शालिकराम घिमिरेले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुभयो। कार्यक्रममा रोमाखर पाण्डेले अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विष्णु पौडेलले गर्नुभएको थियो। सभ्य र भद्र वातावरणमा सम्पन्न अधिवेशनमा २० जना नयाँ सदस्यले पार्टीप्रति एक्यबद्धता जनाउँदै सदस्यता ग्रहण गरेका छन्।
Read More
कपिलवस्तुमा मानव कंकाल फेला

कपिलवस्तुमा मानव कंकाल फेला

कपिलवस्तु, भदौ २१ गते । कपिलवस्तुको बाणगंगा नगरपालिकामा शनिबार बिहान मानव कंकाल फेला परेको छ। बाणगंगा नगरपालिका कार्यालयदेखि करिब २०० मिटर उत्तरतर्फको सामुदायिक वन क्षेत्रमा स्थानीयले कंकाल देखेपछि इलाका प्रहरी कार्यालय पिपरामा जानकारी दिएका थिए। त्यसपछि प्रहरी निरीक्षक लोकेन्द्र जीसीको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा कंकाल महिला वा पुरुषको हो भन्ने छुट्याउन नसकिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी फेला परेको कंकाललाई पिपरा अस्पतालमा लगिएको छ।
Read More
चार करोड र नौ तोला सुनसहित पक्राउ परेका ७७ वर्षीय वृद्धलाई राजस्व विभाग पठाइयो

चार करोड र नौ तोला सुनसहित पक्राउ परेका ७७ वर्षीय वृद्धलाई राजस्व विभाग पठाइयो

काठमाडौँ, भदौ १८ गते। काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ तोला बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मङ्गलबार पक्राउ परेका श्रेष्ठलाई बुधबार थप अनुसन्धानका लागि राजस्व विभाग पठाइएको हो।श्रेष्ठलाई मङ्गलबार दिउँसो काठमाडौँ महानगरपालिका-२६, सामाखुशीको एक घरबाट उक्त रकम, सुन र चाँदीसहित नियन्त्रणमा लिएको थियो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर महाराजगन्ज र प्रहरी वृत्तको संयुक्त टोलीले अवैध रकम र सुनसहित घरधनी श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले उनका छोरा सनम खड्गीले कोठा…
Read More
कपिलवस्तु, मायादेवीमा बम राख्ने मुख्य आरोपी पक्राउ

कपिलवस्तु, मायादेवीमा बम राख्ने मुख्य आरोपी पक्राउ

ब्रेकिङ न्यूज ✍️मायादेवी गाउँपालिका–१ पकडीस्थित नविनकुमार श्रीवास्तवको घर अगाडिको पान टंकी पसलमुनी गत जेठ १७ गते प्रेसर कुकर जस्तो देखिने बम राखेको घटनामा संलग्न मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ निवासी हाकिम अली मुस्लिम रहेको प्रहरीले जनाएको छ ।
Read More
कपिलवस्तु ब्रेकिङ : यशोधरामा बम फेला

कपिलवस्तु ब्रेकिङ : यशोधरामा बम फेला

यशोधरा गाउँपालिका–१ र ६ को सिमानामा पर्ने पुलमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । स्थानीयले वस्तु देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका छन् । प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ ।
Read More
कपिलवस्तुको शिवराजमा पेस्तोल देखाएर चोरी

कपिलवस्तुको शिवराजमा पेस्तोल देखाएर चोरी

शिवराज नगरपालिका–३ हंसबाहिनी मार्गस्थित सीता खनालको घरमा गए राति करिब १२:३० बजे पिस्तोल र खुकुरी देखाएर सशस्त्र चोरी भएको छ। चार जनाको समूहमा आएका चोरहरूले घरका सदस्यलाई बन्धक बनाएर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन् भन्ने पारिवारिक स्रोतले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।
Read More
बेरुजुमा सुधारन्मुख कृष्णनगर

बेरुजुमा सुधारन्मुख कृष्णनगर

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बेरुजु रकममा सुधार गरेको छ । विगतका बर्षहरुमा महालेखा परीक्षकले धेरै बेरुजु औल्याउने गरेको र प्रदेशमै धेरै बेरुजु आउने नगरपालिकामा पर्ने गरेकोमा पछिल्ला २/३ आ.ब.मा बेरुजु रकम सुधार गर्दै आ.ब. २०८०/८१ को बेरुजु २ करोड १५ लाख औल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिनुुुभयो । जसमा नियमित गर्नुपर्ने प्राकृतिको बढी रहेको उहाँले बताउनुभयो । नगरपालिकाका लेखा अधिकृत मनिष पाण्डेका अनुसार बिगत आ.ब. २०७४/७५ मा १२ करोड ३३ लाख त्यस्तै आ.ब.०७६/७७ मा २० करोड ३३ लाख बेरुजु औल्याएको र बिगत २ बर्ष भन्दा अघिका बर्षहरुमा हरेक बर्ष ५ करोड माथी नै बेरुजु आउने गरेकोमा आ.ब. ७९/८०…
Read More
//omg10.com/4/6824010