कपिलवस्तु, भदौ २१ गते ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा शनिबार बिहान मानव कंकाल फेला परेको छ।
बाणगंगा नगरपालिका कार्यालयदेखि करिब २०० मिटर उत्तरतर्फको सामुदायिक वन क्षेत्रमा स्थानीयले कंकाल देखेपछि इलाका प्रहरी कार्यालय पिपरामा जानकारी दिएका थिए। त्यसपछि प्रहरी निरीक्षक लोकेन्द्र जीसीको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा कंकाल महिला वा पुरुषको हो भन्ने छुट्याउन नसकिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी फेला परेको कंकाललाई पिपरा अस्पतालमा लगिएको छ।

