बुद्धभूमि नगरपालिका–४, कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टी, बुद्धभूमि नगरपालिका वडा नं. ४ को प्रथम अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशन अमरराज आचार्यको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रममा ११ सदस्यीय कार्य समिति तथा सल्लाहकार समिति समेत गठन गरिएको छ। अधिवेशनलाई प्रदेश उपसभापति शालिकराम घिमिरेले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुभयो। कार्यक्रममा रोमाखर पाण्डेले अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विष्णु पौडेलले गर्नुभएको थियो।
सभ्य र भद्र वातावरणमा सम्पन्न अधिवेशनमा २० जना नयाँ सदस्यले पार्टीप्रति एक्यबद्धता जनाउँदै सदस्यता ग्रहण गरेका छन्।

