डोटीको जोरायलमा इभि हाइस दुर्घटना, एकजनाको मृत्यु र १८ जना घाइते

Advertisement

दिपायल, असोज २५ गते । डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनस्थित भिमदत्त राजमार्गमा शनिबार बिहान इभि हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु र १८ जना घाइते भएका छन् ।

अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख–३९५६ नम्बरको इभि हाइस बिहान करिब ५ः३५ बजेतिर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा अछाम मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा घाइते १८ जनामध्ये आठ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि कैलाली अत्तरियास्थित पद्मा अस्पताल पठाइएको हो ।

प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको नेतृत्वमा खटिएको १४ जनाको प्रहरी टोली र स्थानीयवासीले उद्धार कार्य सम्पन्न गरेका थिए ।

गम्भीर घाइते हुनेहरूमा मङ्गलसेन–९ का लोकेन्द्र रावल (१८), एकेन्द्र विक (१६), मोतिकला परियार (३५), बिराज परियार (११), भिमबहादुर ढोली (५३), सृष्टी परियार (११), बिनोद परियार (१९)मनसरी परियार (३०) रहेका छन् ।

त्यस्तै, अन्य घाइतेहरूमा चालक देब बहादुर थापा (३८), मेघ्या ढोली (४२), आहाना परियार (५), एलिसा परियार (५), पद्मा परियार (५०), रिया परियार (५), रबी परियार (२३), नृप ढोली (३७), देवराज भाट (३८) र इन्द्रसरा परियार (५०) रहेका छन् ।

मृतक हरिया परियारसहित अधिकांश घाइतेहरू अछाम मङ्गलसेन नगरपालिका–९ का स्थानीय भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको छ ।

स्रोत: गोरखापत्र अनलाइन

By एन टी एन ब्युरो

उस्तै खालका समाचार