केपी ओली कपिलवस्तु आउदै, विजयनगर अस्पताल र एमाले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम

कपिलवस्तु वैशाख २२ गते । वैशाख २६ गते एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउनु हुने भएको छ । ओलीले उक्त दिन २ कार्यक्रममा सहभागी हुने जनाइएको छ ।अध्यक्ष ओली बिहान ८ बजे विजयनगर गाउँपालिका वडा नम्बर ६बद्धौरमा निमार्ण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम रहेको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।अस्पतालको भवन उद्घाटनको लागि तयारी भई सकेको बताउँदै २६ गते बुधवार बिहान ८ बजे ओलीद्वारा उद्घाटन गरिने कार्यक्रम तय भएको अध्यक्ष थापाले बताए । अस्पतालको भवन उद्घाटन पश्चात् बिस्तारै आवश्यक व्यवस्थापन गरी सेवा सुचारु गरिने उनले बताए ।विजयनगर अस्पताल…
Read More

नयाँ वर्षसँगै नेपालीहरूमा थप उत्साह थपिनेछ : उपाध्यक्ष घिमिरे

काठमाडौं, वैशाख १ गते । जनताले नयाँ संविधान पाए पनि सोही अनुरूप मुलुक अगाडी बढ्न नसक्दा  जनतामा अहिले चरम निराशा देखिन थालेको छ । यो निराशालाई चिर्दै नयाँ वर्षसँगै जनतामा थप उत्साह थपिने बताउनुभएको छ ।  विधायीकाले कानुनहरू निर्माण गरी जनताको आशा पुरा गर्ने पक्षमा रहेको बताउनुहुँदै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे यस्तो बताउनुभएको हो । सरकार र व्यवस्थापिका सांसदले संविधान अनुरूप बन्न बाँकी रहेका कानुनहरू बनाउने र सङ्घीयताको अभ्यासलाई थप सुदृढ र परिष्कृत गर्दै लैजान थप सक्रियता देखाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले नयाँ वर्ष २०८१ को अवसरमा सबैमा शुभकामना दिनुभएको छ । 
Read More

प्राचिन कपिलवस्तु महोत्सवमा शुक्रवार अन्जु कुस्मी आउने

कपिलवस्तु चैत्र ३० गते।कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा सञ्चालन भएको आठौँ प्रचिन कपिलवस्तु महोत्सवमा आज (शुक्रवार) लोकप्रिय थारु गायक अन्जु कुस्मी (फुलकुमारी) आउने भएकी छिन् । बुद्ध पद्म माविमा चलेको महोत्सवमा प्रमुख आकर्षणको रुपमा गायक कुस्मी रहेको आयोजकले जनाएको छ ।डिजे र डान्सीङ गित गाएर चर्चामा रहेकी कुस्मीको प्रस्तुती हेर्नका लागि घुइचो लाग्ने अनुमान गरिएको छ ।
Read More

भगलापुरका भविन्द्र जसले वैदेशिक रोजगारी त्यागेर गाई पाल्नु भयो

कपिलवस्तु चैत्र ३० गते । कपिलवस्तु बाणगंगा नगरपालिका ६ भगलापुरका झविन्द्र पौडेलले गाई पालनबाट मनग्य आम्दानी गर्नु भएको छ । वैदेशिक रोजगारी त्यागेर आधुनिक तरिकाले गाई पालन गर्नु भएको पौडेलले मासिक १ लाख बचत गर्दै आउनु भएको छ । पौडेलले वैदेशिक रोजगारीबाट बचत गरेको रकम लगानी गर्दै २०७५ सालबाट व्यवसाय सुरु गर्नु भएको थियो ।उहाँ २८ महिना कतार र ८ वर्ष कुवेतको बसाइँ त्याग गर्दै डालु पशुपालन फर्म सञ्चालन गर्नु भएको थियो । ‘धेरैले विदेशको कमाइले घर जग्गा जोडे । गाउँबाट राजमार्ग छेउमा बसाइ सरे । त्यो देखेर साथी, भाइ छिमेकीले घरजग्गा किन्न सल्लाह दिए । तर म आत्मनिर्भर हुन…
Read More

प्रेस युनियन कपिलवस्तुद्धारा क्यालेन्डर विमोचन

कपिलवस्तु चैत्र ३० गतेप्रेस युनियन कपिलवस्तुले क्यालेन्डर विमोचन गरेको छ । बिहीबार कपिलवस्तु नगरपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरेर क्यालेन्डर विमोचन गरिएको हो । विमोचनका क्रममा बोल्दै प्रमुख अतिथि तथा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सरकारले मिडियालाई बलियो बनाउने गरी काम गर्नु पर्ने बताउनु भयो ।कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्व मन्त्री सुरेन्द्रराज आचार्यले प्रेस युनियनले जनताका समस्यालाई उजागर गर्ने गरी पत्रकारिता गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता दीप कुमार उपाध्याय, अतहर कमाल, अभिशेख प्रताप शाह, विक्रम सिंह थापा, राजेश आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
Read More

कपिलवस्तु तौलिहवाका वालक श्याम कौशल वुधवार दिउसो देखी सम्पर्क विहिन

कपिलवस्तुकपिलवस्तु नगरपालिका वडा नम्बर १ तौलिहवाबाट एक वालक सम्पर्क विहिन भएका छन् । नगरपालिकाको शिव मन्दिर टोल निवासी सोनु कौशलको छोरा बर्ष १६ को श्याम कौशल बुधबार देखि सम्पकै विहिन भएका छन् । उनी दिउँसो २ः०० बजे आफ्नै घरबाट निस्किएका थिए । हाल सम्म घरपरिवार सङ्ग कुनै सम्पर्कमा नरहेको परिवार स्रोतले बताएको छ । वालकलाई कतै देखिनु भएमा जानकारी गराउन नजिकको प्रहरी चौकी गर्न आग्रह गरिएको छ ।
Read More

मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेको बिचारले निर्देशित गर्दै आएको छ – एमाले सचिव अर्याल

रुकुमकोट, चैत्र २९ नेकपा (एमाले) केन्द्रिय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले नेपालका हरेक परिवर्तनको नेतृत्व नेकपा एमालेको बिचारले निर्देशित गर्दै आएको बताउनुभयो । नेकपा (एमाले) रुकुम पुर्वको नवौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले २०४६/०४७ सालको आन्दोलनमा खेलेको भुमिका होस कि २०५२ सालदेखी सुरु भएको युद्ध ठिक होइन, शान्तिपुर्ण आन्दोलनबाट राजतन्त्र हटाउनुपर्छ भन्ने बिचार होस यात २०६२/०६३ सालको जनआन्दोलन तथा संविधान जारी गर्ने कुरामा नेकपा एमालेको नीति र बिचार अनुसार सफल भएको बताउनु भयो । प्रमुख अथिती समेत रहनुभएको पार्टी सचिव एवं लुम्बिनी इन्चार्ज अर्यालले नेकपा एमाले पहिचान बिरोधी नभएको र सबै जाती सबै भाषा, लिङ, धर्म,…
Read More

साना कृषकलाई सहकारीमा जोडनु पर्छ ः पूर्व मन्त्री पौडेल

कपिलवस्तु चैत्र २४ गतेलुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री तथा किसान महासंघका केन्द्रीय सदस्य आरती पौडेलले साना किसानलाई सहकारीमा जोड्नु पर्ने बताउनु भएको छ । अखिल नेपाल किसान संघ कपिलवस्तुको जिल्ला अधिवेशनमा बोल्दै पौडेलले चक्लावन्दीको लागी कानुन नहुँदा र ठुलो मात्रामा खेती गर्न जग्गा अभाव भएको हुँदा साना किसानलाई सहकारी मार्फत जोड्नु पर्ने बताउनु भयो । उहाँको उत्पादन सहकारीले खरिद गर्ने, वीउ मल लगायत सहकारीबाट उपलब्ध गराउँदा किसानको मेहनत खेर नजाने बताउनु भयो ।कार्यक्रममा बोल्दै एमाले कपिलवस्तु जिल्ला अध्यक्षले अखिल नेपाल किसान संघले किसान आन्दोलनको नेतृत्व गर्दै कृषकको हक हितमा सवालमा पैरवि गरेको बताउनु भयो । एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य…
Read More

तिलौराकोट गोल्डकपको प्रि म्याच कन्फ्रेन्स : उत्कृष्ट प्रदर्शन गरी नजिता ल्याउने दुवै टिमको दावी

कपिलवस्तु चैत्र २३ गते ।कपिलवस्तुमा जारी तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता दुवै टिमले जितको तयारी गरेको बताइएको छ । शनिवार हुने फाइनल खेलको पूर्व सन्ध्यामा कपिलवस्तु जिल्ला फुटबल सङ्घले आयोजना गरेको ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै दुवै टिमका प्रशिक्षकले युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गर्नु भएको छ । शनिवार नेपाल पुलिस क्लब र हनामी विएफसी चितवन बिच फाइनल खेल हुदैछ ।कन्फेन्समा बोल्दै पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफ्ना खेलाडीले ए डिभिजन लिगको योजना सहित खेल प्रदर्शन गर्ने बताउनु भयो । खेलाडीहरूले नियमित अभ्यास गर्नु भएको छ । कुनै खेलमा रिजल्ट नआए पनि उत्कृष्ट प्रदर्शन भएको छ । सेमिफाइनलमा प्रतियोगिताको उत्कृष्ट टिमलाई हराएका…
Read More

पुस्तक बिक्री गर्न आइपुगे महाविर पुन, शुक्रवार बुद्धभूमि र शिवराजको पालो (स्थानको सूचि सहित)

कपिलवस्तु चैत्र २२ गते ।राष्ट्रिय आविश्कार केन्द्र सञ्चालनको लागि आफ्नो जीवन कथा बेच्न महाविर पुन कपिलवस्तु आउनु भएको छ । बिहीबार साँझ कपिलवस्तु आउनु भएका पुन होटेल इटालिएनमा बस्नु भएको छ । उहाँ भोली बुद्धभुमि र शिवराजन नगरपालिकाका पुस्तक बिक्री गर्न कार्यक्रम रहेको छ ।यस्तो छ समय तालिकाबिहान ७ बजे गोरुसिङ्गे आर्मि ब्यारेक अगाडिबिहान ८ः३०देखी ९ बजे पत्थरकोटबिहान ९ः३० देखी १० बजे गौतम बुद्द उच्च मा वि१०ः३० देखी ११ बजे बुद्दभुमि नगरपालिका११ः३० देखी १२ बजे होटेल रिभर साइट, पुल्चोक इमिलिया१ बजे संजिवनि हस्पिटल , चन्द्रौटा
Read More
//uplcm.com/4/6824010