रुकुमकोट, चैत्र २९ नेकपा (एमाले) केन्द्रिय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले नेपालका हरेक परिवर्तनको नेतृत्व नेकपा एमालेको बिचारले निर्देशित गर्दै आएको बताउनुभयो । नेकपा (एमाले) रुकुम पुर्वको नवौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले २०४६/०४७ सालको आन्दोलनमा खेलेको भुमिका होस कि २०५२ सालदेखी सुरु भएको युद्ध ठिक होइन, शान्तिपुर्ण आन्दोलनबाट राजतन्त्र हटाउनुपर्छ भन्ने बिचार होस यात २०६२/०६३ सालको जनआन्दोलन तथा संविधान जारी गर्ने कुरामा नेकपा एमालेको नीति र बिचार अनुसार सफल भएको बताउनु भयो ।
प्रमुख अथिती समेत रहनुभएको पार्टी सचिव एवं लुम्बिनी इन्चार्ज अर्यालले नेकपा एमाले पहिचान बिरोधी नभएको र सबै जाती सबै भाषा, लिङ, धर्म, सस्कृती, धार्मिक सहिष्णुता सहितको सद्भाव र एकता कायम हुने गरि एकताबद्ध समाज र रास्ट्र निर्माण हुनुपर्छ भन्ने बिचार नेकपा एमालेको भएको बताउनु भयो । नेपालको संविधान आफुले भने अनुरुप नभएको भन्दै भारतले गरेको नागाबन्दी भोग्नुपरेको बताउदै केन्द्रिय सचिव अर्यालले इतिहास सहि ढङले भुझ्नु पर्ने र कसको पालामा के भयो भन्ने कुरालाई ध्यान दिन आग्रह गर्नुभएको थियो । प्रमुख अथिती अर्यालले राजनीतिक अस्थिरताका कारण आज आम जनता निराश हुनु परेको बताउदै जसको थोरै सिट छ त्यसैको नेतृत्वमा सरकार बन्ने प्रबृत्तिले रास्ट्रलाई थप कमजोर बनाउने बताउनु भएको थियो । वहाले मुलुकमा राजनीतिक स्थिरताका लागि दुई कित्ताको राजनीतिक धुर्बिकरण आवस्यक भएको बताउनु भएको छ ।
वहाले जनताका आशाहरुलाई नेकपा एमालेले कुनै हालतमा कुण्ठित हुन नदिने बताउदै नेकपा एमालेका कार्यकर्तालाई आन्तरिक प्रतिस्पर्धा नभई एमाले बिरुद्धको मोर्चाबन्दी र घेराबन्दी जोड्ने कार्यमा एकतावद्व भएर लाग्न आग्रह गर्नुभएको थियो । एमाले रुकुम पुर्वको नबौ जिल्ला अधिबेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय पोलिटब्युरो सदस्य खेममान खड्काले बिगतका दिनको समिक्षा र आगामी कार्ययोजना बनाउने यो अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको इतिहासलाई पनि कायम राख्ने बताउनुभएको थियो । वहाले नया जोस जागरका साथ नया नेतृत्व एकमना एकताका साथ बन्ने र भोलिको चुनौतीको सामना गर्न सक्ने नेतृत्व चयन हुने कुरामा जोड दिनु भएको थियो ।
अधिबेशनमा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कन्डेलले नेकपा एमालेले बिकास निर्माणदेखि गुमेको रास्ट्रको जमिन फिर्ता गराउने, रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान केन्द्रीत गराउदै आएको बताउनु भएको थियो । वहाले नेकपा एमाले दलित जनता, गाउमा बस्ने गरिव जनता, श्रमजीवी जनताको पार्टी भएको बताउनु भएको थियो । नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी भएको र यसलाई अझ बलियो बनाउन अब बन्ने नेतृत्वको ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा रुकुम पुर्व इन्चार्ज नवीन रोका मगर, केन्द्रीय सदस्य यमुना रोका, केन्द्रीय सल्लाहकार नन्दलाल शर्मा, छिमेकी जिल्ला रोल्पा अध्यक्ष अमृत बुढा, रुकम पच्छिम अध्यक्ष नन्दराम देवकोटाले सम्बोधन गर्नु भएको थियो । बाजा गाजा र झाकी सहित रुकुमकोट बजार परिक्रमा गरि सुरु भएको अधिबेशनको उद्घाटन प्रमुख अतिथीले ब्यानरमा हस्ताक्षर गरि बत्ती बालेर गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता टोपबहादुर ओलि, सन्चालन गोपाल रेउले र स्वागत भावना बुढाथोकीले गर्नुभएको थियो ।

