कपिलवस्तु चैत्र ३० गते
प्रेस युनियन कपिलवस्तुले क्यालेन्डर विमोचन गरेको छ । बिहीबार कपिलवस्तु नगरपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरेर क्यालेन्डर विमोचन गरिएको हो । विमोचनका क्रममा बोल्दै प्रमुख अतिथि तथा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सरकारले मिडियालाई बलियो बनाउने गरी काम गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्व मन्त्री सुरेन्द्रराज आचार्यले प्रेस युनियनले जनताका समस्यालाई उजागर गर्ने गरी पत्रकारिता गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता दीप कुमार उपाध्याय, अतहर कमाल, अभिशेख प्रताप शाह, विक्रम सिंह थापा, राजेश आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
