केपी ओली कपिलवस्तु आउदै, विजयनगर अस्पताल र एमाले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम

Advertisement


कपिलवस्तु वैशाख २२ गते । वैशाख २६ गते एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउनु हुने भएको छ । ओलीले उक्त दिन २ कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
अध्यक्ष ओली बिहान ८ बजे विजयनगर गाउँपालिका वडा नम्बर ६बद्धौरमा निमार्ण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम रहेको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
अस्पतालको भवन उद्घाटनको लागि तयारी भई सकेको बताउँदै २६ गते बुधवार बिहान ८ बजे ओलीद्वारा उद्घाटन गरिने कार्यक्रम तय भएको अध्यक्ष थापाले बताए । अस्पतालको भवन उद्घाटन पश्चात् बिस्तारै आवश्यक व्यवस्थापन गरी सेवा सुचारु गरिने उनले बताए ।
विजयनगर अस्पताल १८ करोड १६ लाखको लगानीमा निर्माण भएको हो । सरकारले प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने योजना अनुसार ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिनका लागि सरकारले अवधारणालाई अघि बढाएको थियो ।
यसै गरी अध्यक्ष ओलीले बुधवार दिउसो चन्द्रौटमा हुने नेकपा एमालेको जिल्ला अधिवेशनको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार