बलात्कार घटनामा ‘मिलापत्र खेल’, कपिलवस्तुमा पूर्व जनप्रतिनिधि नै पक्राउ
कपिलवस्तु, वैशाख ३० गते । कपिलवस्तुमा जबरजस्ती करणीको घटनालाई जग्गा विवादको विषय बनाएर मिलापत्र गराएको आरोपमा पूर्व वडाध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ पर्नेमा यशोधरा गाउँपालिका–५ का पूर्व वडा अध्यक्ष लईस पठान, मिलापत्र कागज तयार गर्ने लेखनदास रामबृक्ष कोहार, आरोपितका बुवा मोहम्मद सफिक पठान र पीडित महिलाकी आमा रहेका छन् । प्रहरीका अनुसार यशोधरा गाउँपालिका–५ की ३३ वर्षीया महिलामाथि वैशाख २१ गते जबरजस्ती करणी भएको भन्दै वैशाख २३ गते उजुरी दर्ता गरिएको थियो । उजुरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदै आरोपितविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको…
