दुर्घटना न्यूनीकरणका लागि छाडा चौपायलाई रेडियम बेल्ट
सुशील गैरे कपिलवस्तु, रात्रिकालिन समयमा छाडा चौपायहरुबाट हुने सडक दुर्घटना न्यूनिकरणका लागि कपिलवस्तुका युवाहरुले चौपायाहरुलाई रेडियम बेल्ट लगाइदिएका छन । सवारी चापसँगै जथाभाबी रहेका छाडा चौपायाले गर्दा दुर्घटनाको जोखिम बढिरहेकाले बुद्धभूमि जेसिसले पुर्व पच्चिम राजमार्गका छाडा चौपायालाई रेडियम बेल्ट लगाइदिएको छ । पछिल्लो समय दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै गएको छ । सवारी दुर्घटनाको प्रमुख कारणमा चालकको लापरबाही, सवारी चापलगायत सडकमा छाडा छोडिएका पशु चौपायाहरू पनि हुने गरेको छ । सडक दुर्घटना छाडा चौपायका दुर्घटनाको जोखिमका कारण बन्न पुगेकाले बुद्धभूमि जेसिसले चौपायालाई रेडियम बेल्ट लगाउने अभियान चलायको छ। चौपायाको घाँटीमा लगाइने उक्त रेडियम बेल्ट टल्कने भएका कारण सवारी चालकलाई चौपाया भएको थाहा हुने…
