ताप्लेजुङको टिप्ताला नाकासम्मको सडक तीनवर्ष भित्र बन्छ : रघुवीर महासेठ 

Advertisement


काठमाडौं । नेकपा एमालेका सचिव एवं उपप्रधान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको टिप्ताला नाका जोड्ने सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । 
बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले सकेसम्म तीन वर्ष भित्रै सो सडकको काम सम्पन्न गर्ने गरी कम गर्ने बताउनुभयो । उहाँले यस आर्थिक वर्षको बजेटमा सो सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बचन दिनुभयो । ‘हामी तीन वर्षभित्रै, सकेसम्म तीन वर्ष भित्रै सम्पन्न गर्ने गरी काम गर्छौँ’, महासेठले भन्नुभयो । 
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोला स्थित टिप्तालाबाट चीन जोड्ने नाका नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो त्रिदेशीय नाका भएकोले पनि सो नाकसम्मको सडक सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । हामीले उत्तर–दक्षिण सडक भनिरहेको छौँ, त्यो सँगसँगै यो पनि पर्दछ’, महासेठले भन्नुभयो ।  
उहाँले ताप्लेजुङका रणनीतिक महत्वका दुईवटा ठुला पुलका काम पनि यस वर्ष आउने बजेटबाट अघि बढ्ने जानकारी दिनुभयो । समग्र ताप्लेजुङको विकासको लागि आफूले प्राथमिकता दिने उहाँले बचन दिनुभयो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार