वीरगंज । पर्सामा आफ्नै हजुरआमा ८० वर्षीया सवरजिया देवी पाण्डेको हत्या गरेको अभियोगमा बिन्दवासनि गाउँपालिका ५ हस्वा टोल बस्ने ३० वर्षीय अजय कुमार पाण्डेलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
जग्गा जमिनको विषयमा विवाद भई अजयले कुटपिट गर्दा गम्भीर घाइते भएकी सवरजिया देवीको पोखरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
हत्या भएको खबर प्राप्त हुना साथ प्रहरी चौकी प्रसौनी भाटा र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

