संस्थागत निर्णय र आलोचनात्मक चेत हुनुपर्नेमिसन ८४ पुरा गर्न जनप्रतिनिधिको काम महत्वपूर्ण : एमाले अनुशासन आयोग सदस्य भण्डारीले

Advertisement

उर्लाबारी ।मिसन ८४ पुरा गर्न जनप्रतिनिधिको काम महत्वपूर्ण हुने भएकोले पार्टी कमिटीका अधिवेशन र बैठकहरु नियमित हुनुपर्ने नेकपा एमाले अनुशासन आयोगकी सदस्य लक्ष्मी देबी भण्डारीले बताएकी छन्
उर्लाबारी नगर कमिटीको पूर्ण बैठकमा बोल्दै नेतृ भण्डारीले सम्पूर्ण कार्यकर्ताहरुलाई पार्टीको सर्कुलर अनुसार काम गर्न निर्देशन दिएकी छन् ।
कार्यक्रममा पार्टीका मोरङ जिल्ला उपाध्यक्ष बाबुराम कार्कीले बर्तमान राजनीतिको चर्चा गर्दै समुदाय संरक्षण गर्न जरूरी रहेको बताएका छन् । उनले पार्टी सञ्चालन गर्दा संस्थागत रुपमा निर्णय गरिनुपर्ने र चेत आलोचनात्मक हुनुपर्ने बताएका छन् । उनले उर्लाबारीलाई हेर्ने नजर माथिल्लो कमिटीमा पनि फरक आइरहेकोले सक्रियता पूर्बक काम गर्नुपर्ने बताएका छन्। उनले नीति,नेतृत्व , पारदर्शी, जवाफदेही, उत्तरदायी हुनुपर्दछ भन्दै अहिले एमाले निर्णायक पार्टी रहेको बताएका छन्। नेता कार्कीले मिसन ८४ भनेको देखिने गरी काम गर्ने कुरा भएकोले आफ्नो टोल, वडा , पालिका मजबुत बनाएर उर्लाबारीले अरु पालिकालाई पाठ सिकाउन सक्नुपर्ने बताएका छन्। जनप्रतिनिधि समाजको कुशल ब्यवस्थापक भएकोले जिम्मेवारी ढंगले काम गर्न र कमजोरीलाई आत्मसात गर्दै अगाडि बढ्न उनले आग्रह पनि गरेका छन् ।
त्यसैगरी एमाले जिल्ला सदस्य तथा प्रदेश सांसद उमाकान्त गौतमले समुदायको मागका आधारमा योजना तर्जुमा गरिनुपर्ने बताएका छन् । उनले हरेक योजनाले वातावरणमा असर गर्न नहुने भन्दै यस बिषयमा जनप्रतिनिधिहरुको भूमिका महत्त्वपूर्ण हुनुपर्ने बताएका छन्। प्रशिक्षण नहुनु नै पार्टी कार्यकर्तामा नैराश्यता आउनु हो भन्दै अगुवा कार्यकर्ताहरु सचेत हुनुपर्ने उनको भनाई छ ।
त्यसैगरी पार्टीका जिल्ला सदस्य तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले नगरले इमान्दार ढंगले काम गरेका कारण मोरङमा पहिलो नगर पालिका बन्न सफल भएको बताएका छन्। सहभागीहरुको प्रश्नको उत्तर दिंदै उनले
७ न. वडामा बिगतको २०/२२ लाख विद्यूतको महसल तिर्नुपरेकोले लहडमा योजना बनाउन नहुने बताएका छन् ।विकास निर्माणका कामहरू निरन्तर भइरहेको भन्दै उनले खोलाहरूमा ६ कि मी तटबन्ध भइरहेको जानकारी दिएका छन्।
बिपन्नहरुलाई सहयोग ,शिक्षालाई ब्यबस्थित ढंगले अगाडि बढाउनुपर्ने काम, सडक निर्माणका कार्यहरू गरेकाे ,११५ वटा कानुन बनाएको ,
समृद्ध र समतामूलक समाज निर्माण गर्न लागिएको, फोहोर व्यवस्थापन काम गर्न समन्वय गरिरहेको ,कृषिलाई ब्यवस्थित गर्ने क्रममा काम भइरहेको उनले बताएका छन् । कार्यक्रमका सभापति तथा उर्लाबारी एमाले अध्यक्ष गंगाप्रसाद बास्तोलाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै
रिपोर्टिङ ,माथिल्लो कमिटीको सर्कुलर , टोल कमिटी चलायमान गर्ने , बिभागहरूको क्रियाशीलता बढाउने , जनसंगठनहरूको गठन पुनर्गठन , नगर स्तरीय प्रशिक्षण, नगर तथा वडा संयन्त्रको क्रियाशीलता, पार्टी सदस्यता अन लाइनबाट सक्रियतापुर्वक गर्नॅ , इलाम निर्वाचनमा सहयोग लगायतका बारेमा प्रष्ट पारेका थिए। कार्यक्रम उप सचिव निर्मला गौतमले स्वागत र सचिव गोपाल प्रसाद रिमालको सञ्चालनमा सम्पन्न भएको थियो। पार्टी कार्यलय उर्लाबारी ३मा भएको कार्यक्रममा प्रदेश सदस्य योगेश बस्नेत, ज्योति चौहान लगायतका अतिथीहरुको उप‌स्थिति रहेको थियोे।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार