स्वास्थ्य बिमा गर्नेको आधा रकम गाउँपालिकाले तिर्ने
कपिलवस्तुको विजयनगर गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका परिवारहरूलाई स्वास्थ्य बिमामा सहुलियत दिने योजना ल्याएको छ । पालिकाका सबै जनतालाई स्वास्थ्य बिमाको दायरामा ल्याउनको लागी बिमा शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिने भएको छ । यो निर्णयले गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन तथा जनताको स्वास्थ्यमा पर्ने आर्थिक भार घटाउन महत्तवपूर्ण सहयोग पु¥याउने विश्वास गरिएको छ ।“हामी गाउँपालिकावासीलाई सहज स्वास्थ्य सेवामा पहुँच पु¥याउन प्रतिबद्ध छौँ । स्वास्थ्य बिमामा सहुलियत दिने यो योजनाले आर्थिक रूपमा कमजोर परिवारहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्नेछ । मङ्सिरबाट लागु गराउने गरी कार्यपालिकाको बैठकले निर्णय समेत गरेका छौ । हिउँदे गाउँ सभाबाट आवश्यक बजेट विनियोजन गरिने छ, ” गाउँपालिका…
