कपिलवस्तु फाल्गुण ४ प्रकृति – मानव केन्द्रित जन अभियान कपिलवस्तुको प्रथम जिल्ला अधिबेशन बुद्धभुमी नगरपालिका स्थित झडुलामाइ आध्यात्मिक प्रतिस्ठान बुड्ढिमा सम्पन्न भयो । प्रदेश अध्यक्ष तथा शिबराज नपाका पुर्व मेयर नेत्रराज अधिकारीको अध्यक्षता जनभियानको केन्द्रिय अध्यक्ष बिन्दुराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अधिबेशनले शिबराज नपा ५ का बाबुराम सापकोटाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बुद्धभुमी १ पथ्थरकोटका रबिलाल घिमिरे सचिबमा महाराजगन्ज ११ का गङ्गेशनाथ तिवारी , सहसचिबमा बुद्धभुमी ४ का नारायण मल्ल , कोषाध्यक्षमा बाणगङ्गा ५ का जेतप्रसाद खनाल चयन हुनु भएको छ । सदस्यहरुमा बाणगङ्गा १ का ताराजन घिमिरे , ५ का कमल अर्याल , बिजयनगरका ३ का कृष्ण प्रसाद भन्डारी , शिबराज नपा ५ का अनन्त बेल्बासे , कृष्णनगर नपा २ भिल्मिका अब्दुल गफ्फार , अजिगराका सरोज चौधरी , बुद्धभुमि २ का बाबुराम खनाल र डाशिराम बन्जाडे ३ का निमानन्द आचार्य वडा न ५ चौरिका रेशम गिरि रहनु भएको छ ।
अधिबेशनलाई बामपन्थी नेता पिताम्बर आचार्य, केन्द्रिय सचिब डा माया गिरि , महासचिब घनश्याम सुवेदी , केन्द्रिय उपाध्यक्ष टेकराज पौडेल , पुर्व अध्यक्षहरु सन्त बहादुर घिशिङ्ग र उत्तम कण्डेल ले आआफ्ना धारणा राख्नु भएको थियो । केन्द्रिय सदस्य मिनराज बेल्बासेको सन्चालनमा सम्पन्न कार्यक्रममा स्वागत भाषण प्रदेश समिती सदस्य कमल खनालले गर्नु भएको थियो । अधिबेशनको अवसरमा ४ जना अभियन्ताहरुले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षक प्रकृति-मानव कन्द्रित जन अभियान, नेपालका अध्यक्ष बिन्दुराज सापकोटाले भेलालाई सम्बोधन गर्दै मानव जातिलाई पाँच गंभिर चुनौतिका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ती प्रमुख चुनौतिहरुमा- पहिलो, ग्लोवल वार्मिङ र जलवायु परिवर्तनको चुनौति दोस्रो, सफा पिउने पानीको चुनौति तेस्रो, बढ्दो जनसंख्याको चुनौति चौथो, कृषि उत्पादनमा चुनौति र पाँचौं, नयाँ नयाँ भाइरस र असाध्य रोगहरुको चुनौतिका साथै एआई प्रबिधीले पार्ने संकटका वारेमा पनि प्रकाश पार्नु भएको थियो । त्यसै गरि पुर्व अध्यक्ष उत्तम कण्डेलले मान्छेले प्रकृति माथी गरेका ज्यादतिले गर्दा अब मानव जीवन नै गम्भीर संकटमा फस्न थालेको र मानवका खानपान आहारबिहारलाई चेन्ज गर्न नसक्ने हो भने अब पृथ्वीका सम्पुर्ण जीवजन्तू नै नासवान हुने परिस्थिति शृजना हुने बताउनु भयो । अर्का पुर्व अध्यक्ष सन्तबहादुर घिशिङ्गले बिषादीयुक्त खानपानले मानव जिवनमा दर्जनौ रोग उत्पादन गर्ने भएकोले त्यस तर्फ साबधानी अपनाउन के के उपाय गर्ने बताउनु भयो ।
केन्द्रीय सचिब डा., माया गिरीले मानव – जातीको अभ्युदय काल देखि आजसम्म पाच वटा समाज बिकाशका क्रमहरु पार गर्यो । ती हुन प्रकति केन्द्रीत बिकाशक्रम , पर्याबरण केन्द्रीत , ईस्वर केन्द्रीत , प्रबिधि केन्द्रीत र मानव केन्द्रीत बिकासक्रम रहेका छन ती सबै एक पक्षिय र एकातर्फि छन । जब कि मानबजाती प्रकृतिका अनगिन्ति घटना मध्य भिन्न बिषेशताका साथ घटेको घटना थियो कि प्रकतिबाट प्रभाबित हुन पर्दथ्यो भने स्वयम् प्रकृतिलाई प्रभाब पार्ने क्षमता राख्थ्यो यश कारण यो सामाजीक प्राणी नभई जैबसामाजीक प्राणी हो । यश अर्थमा प्रकृति र मानबबिच ऐतिहाँसिक रुपमा रहँदै आएकोअन्तर सम्बन्ध , अन्तरनिर्भरता र अन्तरक्रियाको प्रक्रियाको प्रकृयाा द्वारा नै उत्पत्ति बिकास र अस्तित्व निरन्तरता सम्भब हुन्छ बारे प्रकाश पार्नु भएको थियो ।

