बुद्धभूमि, कपिलवस्तु – नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्यले बुद्धभूमि नगरपालिका वडा नम्बर ९ मा आयोजित महायज्ञको समुद्घाटन गर्नुभएको छ।
समारोहका प्रमुख अतिथि रहनुभएका पूर्वमन्त्री आचार्यले धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समाजलाई एकताबद्ध गर्ने बताउनुभयो। उहाँले समाज विकासका लागि धार्मिक आस्था र संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।
यसअघि, उहाँले बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा आयोजित चौथो बुद्धभूमि कृषि, व्यापारिक, सांस्कृतिक, पर्यटन तथा औद्योगिक महोत्सवको पनि उद्घाटन गर्नुभएको थियो। सो अवसरमा उहाँले सुपा देउराली मन्दिरसम्म केवलकार सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभएको थियो।
महायज्ञ उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, धार्मिक गुरुहरू, तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजक समितिका अनुसार महायज्ञबाट संकलित कोष सामाजिक तथा धार्मिक कार्यहरूमा खर्च गरिनेछ।

