बसबाट खसेर एकजनाको मृत्यु

Advertisement

तम्घास, माघ ८ – गुल्मीको तम्घास-सिमलटारी सडक खण्डमा गुडिरहेको बसको ढोकाबाट खसेर एक महिलाको ज्यान गएको छ।

बुटवलबाट मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा यात्रा गरिरहेकी इश्मा गाउँपालिका–५ की ३९ वर्षीया शान्ति कुमालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार कुमाल र बसका सहचालकबीच भाडासम्बन्धी विवाद भएको थियो। सोही क्रममा चलिरहेको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएकी कुमाललाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार