प्रहरी नायव निरीक्षक खतिवडाले गरे आत्महत्या

Advertisement

बिराटनगर । जिल्ला प्रहरी कार्यालय झापाको परिसर भित्र एक प्रहरी अधिकारीले आत्माहत्या गरेका छन्। भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका ७ बस्ने ४९ वर्षीय प्रहरी नायव निरीक्षक (सइ)धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको निमित्त प्रवक्ता तथा अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए ।

प्रवक्ता तथा अधिकारी प्रहरी निरीक्षक चौहानका अनुसार खतिवडाले प्रहरी ब्यारेकको माथिल्लो तलामा नाइलनको डोरीले आत्महत्या गरेको बताए । शवको कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार