नेकपा एमाले बिजयनगरको बैठक सम्पन्न, जरा अभियान कार्यक्रमको तयारी तीव्र

Advertisement

शम्भु बिक

कपिलवस्तु फागुन ४ गते । नेकपा एमाले बिजयनगर गाउँ कमिटीको बैठक सम्पन्न भएको छ। बैठक गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहाको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य एवं बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकमा पार्टीको तीन महिने संगठन सुदृढीकरण कार्यक्रम अन्तर्गत जरा अभियानको तयारीका विषयमा छलफल गरिएको थियो।

बैठकमा आगामी फागुन ७ गते लुम्बिनी प्रदेशका संस्थापक तथा पूर्व मुख्यमन्त्री प्रशिक्षण दिन बिजयनगर आउने भएकाले त्यसको तयारीलाई विशेष प्राथमिकता दिइएको गाउँ कमिटी अध्यक्ष खन्गाहाले जानकारी दिनुभयो। बैठकमा पार्टी संगठनलाई बलियो बनाउनका लागि सदस्यता वितरण, स्थानीयस्तरमा जनसंपर्क अभिवृद्धि, तथा आगामी राजनीतिक रणनीतिहरूबारे समेत छलफल भएको थियो। कार्यक्रमको सफल आयोजनाका लागि स्थानीय कमिटीहरूलाई आवश्यक निर्देशन दिइएको बताइएको छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार