गाँजा ओसारपसार: कपिलवस्तुमा ४३.२४ किलोग्राम गाँजा बरामद

Advertisement

कपिलवस्तु, २०७८ माघ ७ – कपिलवस्तुको बुद्धभूमि नगरपालिका-३, टाकु मसुरेगाउँमा ४३.२४ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको टोलीले गुप्त सूचनाको आधारमा उक्त गाँजा जंगलको खाली चौरमा रुखको फेदमा फेला पारेको हो।

प्रहरीका अनुसार २०८१ माघ ६ गते साँझ करिब ७ बजे गाँजाको ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि छापामार्ने क्रममा तीनवटा प्लास्टिकका बोरामा हरियो गाँजा फेला परेको थियो। गाँजा बेवारिसे अवस्थामा बरामद गरिएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख प्रहरी निरीक्षक बिर बहादुर सुनारले बताउनु भयो ।

हाल यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको आह्वान: प्रहरीले यस किसिमका अवैध क्रियाकलापबारे जानकारी भएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा खबर गर्न सबैमा अपिल गरेको छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार