स्कुल बस दुर्घटना: ३ जनाको मृत्यु, २० भन्दा बढी घाइते

Advertisement

काठमाडौँ, माघ ३० – काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिके क्षेत्रमा साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ भएको स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २० भन्दा बढी विद्यार्थी घाइते भएका छन्।

चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भएर अनियन्त्रित बनेपछि दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो।

वनभोज सकेर नगरकोटबाट साँखुतर्फ फर्कँदै गरेको बस साँझ ५ बजेतिर दुर्घटनाग्रस्त भएको हो। प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ भने दुर्घटनाका विस्तृत विवरण आउन बाँकी छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार