जग्गा जमिनको विषयमा विवाद, युवाद्वारा ८० वर्षीया हजुरआमाको हत्या

जग्गा जमिनको विषयमा विवाद, युवाद्वारा ८० वर्षीया हजुरआमाको हत्या

वीरगंज । पर्सामा आफ्नै हजुरआमा ८० वर्षीया सवरजिया देवी पाण्डेको हत्या गरेको अभियोगमा बिन्दवासनि गाउँपालिका ५ हस्वा टोल बस्ने ३० वर्षीय अजय कुमार पाण्डेलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जग्गा जमिनको विषयमा विवाद भई अजयले कुटपिट गर्दा गम्भीर घाइते भएकी सवरजिया देवीको पोखरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । हत्या भएको खबर प्राप्त हुना साथ प्रहरी चौकी प्रसौनी भाटा र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More

विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विकासको कामलाई कुनै बहानामा अवरोध गर्नु नहुने बताउनुभएको छ ।नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन सचिव भट्टराईले सभ्यता र संस्कृतिलाई जोगाउँदै विकासका काम अघि बढाउनु पर्ने बताउनुभयो । नेकपा एमाले हिजोदेखि नै सभ्यता र संस्कृतिको संरक्षणको पक्षमा रहेको उहाँले सम्पदाको संरक्षण गर्दै विकासको काम अघि बढाउनु पर्ने बताउनुभयो । ‘विकास निर्माणको काममा कसैले पनि अवरोध गर्नुहुँदैन’, उहाँले भन्नुभयो ।कुनै पनि योजनामा समस्या छ भने बसेर छलफल गरी समस्या समाधान गर्नुपर्नेमा उहाँले बताउनुभयो । कुनै पनि हालतमा काम गर्न दिँदैनौँ भनेर विकास विरोधी कुरा कसैले गर्नु नहुने उहाँले स्पष्ट पार्नुभयो…
Read More

संस्थागत निर्णय र आलोचनात्मक चेत हुनुपर्नेमिसन ८४ पुरा गर्न जनप्रतिनिधिको काम महत्वपूर्ण : एमाले अनुशासन आयोग सदस्य भण्डारीले

उर्लाबारी ।मिसन ८४ पुरा गर्न जनप्रतिनिधिको काम महत्वपूर्ण हुने भएकोले पार्टी कमिटीका अधिवेशन र बैठकहरु नियमित हुनुपर्ने नेकपा एमाले अनुशासन आयोगकी सदस्य लक्ष्मी देबी भण्डारीले बताएकी छन्उर्लाबारी नगर कमिटीको पूर्ण बैठकमा बोल्दै नेतृ भण्डारीले सम्पूर्ण कार्यकर्ताहरुलाई पार्टीको सर्कुलर अनुसार काम गर्न निर्देशन दिएकी छन् ।कार्यक्रममा पार्टीका मोरङ जिल्ला उपाध्यक्ष बाबुराम कार्कीले बर्तमान राजनीतिको चर्चा गर्दै समुदाय संरक्षण गर्न जरूरी रहेको बताएका छन् । उनले पार्टी सञ्चालन गर्दा संस्थागत रुपमा निर्णय गरिनुपर्ने र चेत आलोचनात्मक हुनुपर्ने बताएका छन् । उनले उर्लाबारीलाई हेर्ने नजर माथिल्लो कमिटीमा पनि फरक आइरहेकोले सक्रियता पूर्बक काम गर्नुपर्ने बताएका छन्। उनले नीति,नेतृत्व , पारदर्शी, जवाफदेही, उत्तरदायी हुनुपर्दछ…
Read More

ताप्लेजुङको टिप्ताला नाकासम्मको सडक तीनवर्ष भित्र बन्छ : रघुवीर महासेठ 

काठमाडौं । नेकपा एमालेका सचिव एवं उपप्रधान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको टिप्ताला नाका जोड्ने सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले सकेसम्म तीन वर्ष भित्रै सो सडकको काम सम्पन्न गर्ने गरी कम गर्ने बताउनुभयो । उहाँले यस आर्थिक वर्षको बजेटमा सो सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बचन दिनुभयो । ‘हामी तीन वर्षभित्रै, सकेसम्म तीन वर्ष भित्रै सम्पन्न गर्ने गरी काम गर्छौँ’, महासेठले भन्नुभयो । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोला स्थित टिप्तालाबाट चीन जोड्ने नाका नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो त्रिदेशीय…
Read More

मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेको बिचारले निर्देशित गर्दै आएको छ – एमाले सचिव अर्याल

रुकुमकोट, चैत्र २९ नेकपा (एमाले) केन्द्रिय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले नेपालका हरेक परिवर्तनको नेतृत्व नेकपा एमालेको बिचारले निर्देशित गर्दै आएको बताउनुभयो । नेकपा (एमाले) रुकुम पुर्वको नवौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले २०४६/०४७ सालको आन्दोलनमा खेलेको भुमिका होस कि २०५२ सालदेखी सुरु भएको युद्ध ठिक होइन, शान्तिपुर्ण आन्दोलनबाट राजतन्त्र हटाउनुपर्छ भन्ने बिचार होस यात २०६२/०६३ सालको जनआन्दोलन तथा संविधान जारी गर्ने कुरामा नेकपा एमालेको नीति र बिचार अनुसार सफल भएको बताउनु भयो । प्रमुख अथिती समेत रहनुभएको पार्टी सचिव एवं लुम्बिनी इन्चार्ज अर्यालले नेकपा एमाले पहिचान बिरोधी नभएको र सबै जाती सबै भाषा, लिङ, धर्म,…
Read More

साना कृषकलाई सहकारीमा जोडनु पर्छ ः पूर्व मन्त्री पौडेल

कपिलवस्तु चैत्र २४ गतेलुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री तथा किसान महासंघका केन्द्रीय सदस्य आरती पौडेलले साना किसानलाई सहकारीमा जोड्नु पर्ने बताउनु भएको छ । अखिल नेपाल किसान संघ कपिलवस्तुको जिल्ला अधिवेशनमा बोल्दै पौडेलले चक्लावन्दीको लागी कानुन नहुँदा र ठुलो मात्रामा खेती गर्न जग्गा अभाव भएको हुँदा साना किसानलाई सहकारी मार्फत जोड्नु पर्ने बताउनु भयो । उहाँको उत्पादन सहकारीले खरिद गर्ने, वीउ मल लगायत सहकारीबाट उपलब्ध गराउँदा किसानको मेहनत खेर नजाने बताउनु भयो ।कार्यक्रममा बोल्दै एमाले कपिलवस्तु जिल्ला अध्यक्षले अखिल नेपाल किसान संघले किसान आन्दोलनको नेतृत्व गर्दै कृषकको हक हितमा सवालमा पैरवि गरेको बताउनु भयो । एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य…
Read More

तिलौराकोट गोल्डकपको प्रि म्याच कन्फ्रेन्स : उत्कृष्ट प्रदर्शन गरी नजिता ल्याउने दुवै टिमको दावी

कपिलवस्तु चैत्र २३ गते ।कपिलवस्तुमा जारी तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता दुवै टिमले जितको तयारी गरेको बताइएको छ । शनिवार हुने फाइनल खेलको पूर्व सन्ध्यामा कपिलवस्तु जिल्ला फुटबल सङ्घले आयोजना गरेको ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै दुवै टिमका प्रशिक्षकले युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गर्नु भएको छ । शनिवार नेपाल पुलिस क्लब र हनामी विएफसी चितवन बिच फाइनल खेल हुदैछ ।कन्फेन्समा बोल्दै पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफ्ना खेलाडीले ए डिभिजन लिगको योजना सहित खेल प्रदर्शन गर्ने बताउनु भयो । खेलाडीहरूले नियमित अभ्यास गर्नु भएको छ । कुनै खेलमा रिजल्ट नआए पनि उत्कृष्ट प्रदर्शन भएको छ । सेमिफाइनलमा प्रतियोगिताको उत्कृष्ट टिमलाई हराएका…
Read More

पुस्तक बिक्री गर्न आइपुगे महाविर पुन, शुक्रवार बुद्धभूमि र शिवराजको पालो (स्थानको सूचि सहित)

कपिलवस्तु चैत्र २२ गते ।राष्ट्रिय आविश्कार केन्द्र सञ्चालनको लागि आफ्नो जीवन कथा बेच्न महाविर पुन कपिलवस्तु आउनु भएको छ । बिहीबार साँझ कपिलवस्तु आउनु भएका पुन होटेल इटालिएनमा बस्नु भएको छ । उहाँ भोली बुद्धभुमि र शिवराजन नगरपालिकाका पुस्तक बिक्री गर्न कार्यक्रम रहेको छ ।यस्तो छ समय तालिकाबिहान ७ बजे गोरुसिङ्गे आर्मि ब्यारेक अगाडिबिहान ८ः३०देखी ९ बजे पत्थरकोटबिहान ९ः३० देखी १० बजे गौतम बुद्द उच्च मा वि१०ः३० देखी ११ बजे बुद्दभुमि नगरपालिका११ः३० देखी १२ बजे होटेल रिभर साइट, पुल्चोक इमिलिया१ बजे संजिवनि हस्पिटल , चन्द्रौटा
Read More

थ्री स्टारलाई हराउँदै पुलिस फाइनलमा

कपिलवस्तु चैत्र २० गते । नेपाल पुलिस क्लब तिलौराकोट गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न खेलमा थ्री स्टार क्लबलाई हराउँदै विभागीय पुलिस फाइनलमा पुगेको हो ।सिनियर खेलाडी सहितको थ्री स्टार १–० गोल अन्तरले पराजित भएको छ । खेलको ५१ औँ मिनेटमा पुलिसको लागि जर्सी नम्बर १८ का विवेक पाण्डेले गोल गर्नु भयो । उहाँ म्यान अफ द म्याच चुनिनु भएको थियो ।खेलको अन्तिम समयमा थ्री स्टारले डी एरिया नजिकै फ्रिकिक हान्ने अवसर पाए पनि गोल हुन सकेन । पुलिसका किपर सन्जित श्रेष्ठले डाइभ हान्दै प्रहार विफल पारेका थिए । थ्री स्टारबाट पूर्व राष्ट्रिय टिमका कप्तान बिराज महर्जन,…
Read More

साहारालाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

जानु पाण्डेकपिलवस्तु समाचारदाता, कपिलवस्तु चैत्र १९ गते ।नेपाल पुलिस क्लब तिलौराकोट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार साहारा क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । पुलिसका लागि शिशिर चौधरीले गोल गर्नु भएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा पृथ्वी चौधरीको पासमा शिशिरले गोल गर्नु भएको थियो ।दोस्रो हाफको १७ मिनेटमा साहारा गोल हान्ने अवसर गुमाएको थियो । पुलिसका खेलाडीले डिबक्समा हातले बल छोए पछि साहाराले पेनाल्टी हान्ने अवसर पाएको थियो । साहाराका कप्तान सुशील लामा दायाँ छेउमा हानेको बल प्रहरीका गोल किपर सन्जीत श्रेष्ठले रोक्नु भएको थियो । पुलिसले थ्रि स्टार क्लब सँग…
Read More
//omg10.com/4/6824010