सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं, २१ साउन दाङ, तुलसीपुर उपमहानगरपालिका-६ नायकमार्ट नजिक सडकमा रा.१ ग ३२ नम्बरको टिपरले रा.४ प ७९४५ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही उपमहानगरपालिका-११ कटाह बस्ने २१ वर्षीया कल्पना केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्कुटर र क.प्र. ०२-००३ प २४४९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई स्कुटरलाई पुन टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । टिपर र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकमा कोटेश्वरबाट बालकुमारीतर्फ आउँदै गरेको बा.२ ख ३५९० नम्बरको मिनि बस…
