सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

   

काठमाडौं, २१ साउन

               दाङ, तुलसीपुर उपमहानगरपालिका-६ नायकमार्ट नजिक सडकमा रा.१ ग ३२ नम्बरको टिपरले रा.४ प ७९४५ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही उपमहानगरपालिका-११ कटाह बस्ने २१ वर्षीया कल्पना केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्कुटर र क.प्र. ०२-००३ प २४४९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई स्कुटरलाई पुन टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । टिपर र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

               ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकमा कोटेश्वरबाट बालकुमारीतर्फ आउँदै गरेको बा.२ ख ३५९० नम्बरको मिनि बस अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा मिनि बसमा सवार भक्तपुर सूर्यविनायक बस्ने दोलखा शैलुङ गाउँपालिका-१ घर भएकी ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डबि अस्पातलमा उपचारको क्रममा मृत्यु भएको हो । मिनि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै दुर्घटनामा घाइते भएका बसमा सवार ९ जनाको सोही अस्पतालमा र ९ जनाको ग्वार्खोस्थित ग्लोबल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//omg10.com/4/6824010