तराई देखिन छाडे इजिप्सियन (सेतो) गिद्धका गुँड

तराई देखिन छाडे इजिप्सियन (सेतो) गिद्धका गुँड

जानु पाण्डेकपिलवस्तु फागुन २३ गते । तराईका वन क्षेत्रमा इजिप्सियन (सेतो) गिद्धको गुँड नदेखिँदा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । गिद्धको सानो प्रजाति सेतो गिद्धको गुँड पछिल्ला दुई तिन वर्ष यता तराई क्षेत्रमा नदेखिँदा अध्ययन अनुसन्धानमा जोड दिनु पर्ने गिद्ध अनुसन्धानकर्ता तथा पन्छी विज्ञ कृष्ण भुसालले बताउनु भयो ।नेपालमा पोखरा र तनहुँ क्षेत्र सेतो गिद्धको प्रमुख बास स्थान हो । नवलपरासी, रुपन्देही, दाङ र कैलाली जिल्लामा यसले गुँड लगाएर बच्चा कोरलेको अभिलेख रहको थियो । तर पछिल्लो तिन वर्ष यता सेतो गिद्धको गुँड नदेखिएको गिद्धको गुँड अवलोकनकर्ता तथा नेपाल पन्छी संरक्षण सङ्घका फिल्ड वायोलोजिस्ट दिलीप चन्द ठकुरीले बताउनु हुन्छ ।नेपालमा…
जनगणनाको तथ्याङ्क देखाउँछ ‘२२ पालिकामा २०% बढी घरधुरीमा शौचालय छैन’

जनगणनाको तथ्याङ्क देखाउँछ ‘२२ पालिकामा २०% बढी घरधुरीमा शौचालय छैन’

कपिलवस्तु ।खुला दिसामुक्त नेपालका २२ पालिका २०% बढी शौचालय विहीनको सूचिमा रहेको छ । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार लुम्बिनी र मधेस प्रदेशका आठ जिल्लाका पालिका शौचालय नहुने उच्च सूचिमा रहेको छन् । जस मध्ये लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र मधेस प्रदेशका सप्तरी, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सामा पालिका रहेका छन् ।जिल्ला गत तथ्याङ्क अनुसार कपिलवस्तु शौचालय नहुनेमा देशकै प्रथम रहेको छ । जिल्लाका २२ प्रतिशत घरधुरी शौचालय विहीन रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार जिल्लामा २६ हजार ८ सय ३३ घरधुरी शौचालय विहीन रहेको छ । कुल १ लाख २१ हजार ६ सय २१ घरमा ४१% सेप्टी…