डोल्पा, ३० चैत
त्रिपुरासुन्दरी नगरपालिका-४ बस्ने १० वर्षीय सुलश बुढाको आगोले जलेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
सोही नगरपालिका-४ रंगस्थित सामुदायिक वनमा च्याउ टिप्न गएको अवस्थामा वनमा लागेको आगोमा जलेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दुनै डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै आगोले जलेर घाइते भएका २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

