पारिजात पब्लिक स्कुलको उत्कृष्टता: कक्षा १२ मा बुद्धभूमिमा प्रथम, जिल्लामै तेस्रो

पारिजात पब्लिक स्कुलको उत्कृष्टता: कक्षा १२ मा बुद्धभूमिमा प्रथम, जिल्लामै तेस्रो


नेपाल टिभि न्युजकपिलवस्तु,
छोटो समयमै उल्लेखनीय शैक्षिक उचाइ हासिल गर्दै आएको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा अवस्थित पारिजात पब्लिक स्कुलले यस वर्षको कक्षा १२ को परीक्षामा अभूतपूर्व सफलता प्राप्त गर्दै पुनः एकपटक आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ।

विद्यालयकी मेधावी छात्रा शान्ता बेल्बासेले ३.७८ GPA ल्याउँदै बुद्धभूमि नगरपालिकामा प्रथम, कपिलवस्तु जिल्लामा तेस्रो, र छात्रातर्फ जिल्लामै प्रथम स्थान हासिल गरेकी छिन्। उनको यो सफलता विद्यालयको शैक्षिक प्रतिबद्धता, गुणस्तरीय शिक्षण पद्धति र विद्यार्थी–शिक्षकको सहकार्यको प्रतिफल रहेको विद्यालय प्रसाशनले जनाएको छ।

विद्यालयका अनुसार यस वर्षको परीक्षामा सहभागी अधिकांश विद्यार्थीले उच्च GPA ल्याएका छन्। प्रिन्सिपल राजेन्द्र पिसीका अनुसार:

३.६–४.० GPA: ३ जना

३.२–३.६ GPA: २० जना

२.८–३.२ GPA: १८ जना

२.४–२.८ GPA: १३ जना

१.६–२.० GPA: १ जना

प्रिन्सिपल पिसीले भने, “विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण र विद्यालय परिवारको ऐक्यबद्धता नै आजको सफलताको मूलमन्त्र हो। हामी शान्ता बेल्बासेसहित सम्पूर्ण विद्यार्थीहरूको सफलतामा गर्व गर्छौं र भविष्यमा अझ उत्कृष्ट परिणाम ल्याउने दृढ संकल्पका साथ अघि बढ्नेछौं।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले विद्यालयको निरन्तर प्रगति र सफलतामा योगदान दिने सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी र शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै , “पारिजात पब्लिक स्कुल केवल शिक्षा प्रदान गर्ने संस्था मात्र नभएर यो आगामी पुस्ता निर्माण गर्ने स्तम्भ समेत रहेको बताए । उनले विद्यालयको शैक्षिक गुणस्तरलाई अझ उचाइमा पु-याउने प्रतिबद्धतासहित अघि बढ्ने प्रतिबद्दता समेत जनाए।

छोटो समयमै जिल्लाको शैक्षिक क्षेत्रमा अग्रणी स्थान बनाइसकेको पारिजात पब्लिक स्कुलले गुणस्तरीय शिक्षा, नैतिक मूल्यमान्यता, र समग्र व्यक्तित्व विकासमा केन्द्रित कार्यक्रममार्फत भविष्यमा राष्ट्रिय स्तरमै पहिचान बनाउने अठोट लिएको छ।


By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//omg10.com/4/6824010