बाढी प्रभावितका लागि प्रदेश सभा सदस्य लामिछानेको ५१ हजार सहयोग

बाढी प्रभावितका लागि प्रदेश सभा सदस्य लामिछानेको ५१ हजार सहयोग

कपिलवस्तु, भदौ १२ गते । लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

बाढीका कारण प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले लामिछानेले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५१ हजार रुपैयाँ जम्मा गर्नुभएको हो ।

भोटेकोसी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितको राहत तथा उद्धारका लागि सहयोग जुटिरहेका बेला प्रदेश सभा सदस्य लामिछानेले पनि आफ्नो तर्फबाट सहयोग गर्नुभएको हो ।

लामिछानेले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न अपिल गर्नुभएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//omg10.com/4/6824010