यसरी गरिएको थियो भोटेकोशी बाढीको कारण मृतकको शव व्यवस्थापन

यसरी गरिएको थियो भोटेकोशी बाढीको कारण मृतकको शव व्यवस्थापन

विभिन्न जिल्लाहरूबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव एवम् शरिरका अंगहरूको उचित व्यवस्थापन गर्दै स्वास्थ्यमा हुन सक्ने सङ्क्रमण तथा जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरीले प्रभवाकारी शव व्यवस्थापनको कार्यलाई अगाडि बढाएको छ ।

संकलित शवहरूको संख्या बढ्दै गइरहेको र शवहरू सड्न सुरू भइसकेको कारण सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम औँल्याएका हुँदा सोही जोखिमलाई ध्यानमा राख्दै शवहरू थप बिग्रन नदिन र दुर्गन्ध नियन्त्रण गर्न प्रहरीले शव व्यवस्थापन प्रक्रियालाई तीव्र पारेको छ ।   

चितवनमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नभएका शवहरूको व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइसकेको छ । अन्य जिल्लामा समेत सोही अनुरूप शव व्यवस्थापनको कार्यलाई अवलम्बन गरिएको छ । हालसम्म रसुवामा १३ जना, नुवाकोटमा ४१ जना, धादिङमा ४९ जना, चितवनमा २ सय ४८ जना, गोरखामा ५४ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ५८ जना र नवलपरासी पश्चिममा ७५ जनाको गरी जम्मा ६ सय ६९ जनाको शव फेला परेको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//omg10.com/4/6824010