खुला दिसा गर्ने विरुद्ध विजयनगरको एक्सन, बिहानै अनुगमन गरी १६ जना पक्राउ

खुला दिसा गर्ने विरुद्ध विजयनगरको एक्सन, बिहानै अनुगमन गरी १६ जना पक्राउ

कपिलवस्तु वैशाख ४ गते ।कपिलवस्तुको विजयनगर गाउँपालिकाले खुला दिसा गर्ने विरुद्ध एक्सन सुरु गरेको छ । पटक पटक शौचालय निर्माण र प्रयोगको अनुरोधलाई अवज्ञा गर्नेलाई बिरुद्ध कडा एक्सन लिएको छ । मंगलबार एक्कासी छड्के चेकिङ सुरु गरे पछि खुला दिसा गर्नेको भागाभाग भएको थियो । खुला दिसा गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिका र प्रहरी सहितको टोलीले मंगलवार बिहान ५ बजे देखी बस्ती, सडक तथा खेतवारीमा खुला दिसा गर्नेको पहिचान गर्न छड्के अनुगमन गरेको थियो । पालिकाका वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा रहेको टोलीले पाँच वडामा अनुगमन गरेको थियो ।इलाका प्रहरी कार्यालय गणेसपुरको प्रहरी सहितको अनुगमन टोली…
गायिका सम्झना रनपालको प्रस्तुतिमा दर्शक नाचे

गायिका सम्झना रनपालको प्रस्तुतिमा दर्शक नाचे

कपिलवस्तुकपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ बृजा ताल खाना महोत्सव तथा हस्तकला प्रदर्शनीमा लोक तथा दोहोरी गायिका सम्झना रन्पालको दमदार प्रस्तुतिले दर्शक रमाएका थिए । महोत्सवको अन्तिम दिन वैशाख २ गते उनले प्रस्तुति दिएकी थिइन । आधा घण्टा सम्म लोक तथा दोहोरी गीत गाउँदा दर्शक रमाइलो मानेर नाचेका थिए ।
बृजा ताल महोत्सवमा गायक शिव खनालको दमदार प्रस्तुती

बृजा ताल महोत्सवमा गायक शिव खनालको दमदार प्रस्तुती

कपिलवस्तुकपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ बृजा ताल खाना महोत्सव तथा हस्तकला प्रदर्शनीमा लोक तथा दोहोरी गायक शिव खनालले प्रस्तुतीले दर्शक रमाएका थिए । महोत्सवको अन्तिम दिन वैशाख २ गते आइतवार गायक खनालले आधा घण्टा लोक गित गाएर मनोरन्जन दिलाउनु भएको थियो ।
खाना महोत्सवमा कलाकारले ल्याए रौनकता (फोटो फिचर)

खाना महोत्सवमा कलाकारले ल्याए रौनकता (फोटो फिचर)

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ बक्लीपुरमा सञ्चालनमा रहेको बृजा ताल खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनीमा थारु कलाकारको प्रस्तुतिले रौनकता बढाएको छ । चैत्र मसान्त देखी वैशाख २ गते सम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरका थारु गायक श्री निवास थारु, खेम चौधरी, सोनु कुस्मी, अन्जु कुस्मी (फुलकुमारी), लोक तथा दोहोरी गायक दिपु मगर, शिव खनालको प्रस्तुति रहने आयोजक हरियाली सामुदायिक वनको अध्यक्ष मिना थारुले बताउनु भयोथारु खानाका परिकार, हस्तकलाका सामाग्री र पर्यटन उन्मुख बृजा तालको प्रचार प्रसारको लागि आयोजना गरिएको महोत्सवमा शुक्रवार गायक खेम चौधरी र दिपु मगरले २ घण्टा प्रस्तुति दिनु भएको थियो । शनिवार सोनु कुस्मी र श्री…
छुरा प्रहारबाट एक जनाको मृत्यु

छुरा प्रहारबाट एक जनाको मृत्यु

खोटाङ, २ वैशाख  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी नेवारे बस्ने ३१ वर्षीय धनजित राईको छुरा प्रहारबाट शनिबार बेलुकी मृत्यु भएको छ । सोही ठाउँ बस्ने २६ वर्षीय बिकास राई समेतका ३ जनाले सोही ठाउँस्थित मकै बारीमा धनजितलाई छुरा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले हाल फरार उनीहरूको खोजी गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २ वैशाख  उदयपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । माझीले ती किशोरीलाई गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने ४८ वर्षीय भजन रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रानाले ती महिलालाई बुधबार दिउँसो आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…
अवैध लागूऔषधसहित पक्राउ

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं, २ वैशाख  बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ करिब ३ ग्राम ३ सय  मिलिग्रामसहित मधुबन नगरपालिका-९ गाँउ नम्बर १२ बस्ने २१ वर्षीय अर्जुन बिकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६  शंकरअचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८ सय २० मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय सुजन गोलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनरूवाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो…
१९ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

१९ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं, २ बैशाख             नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव उपरीक्षकहरूमा निर्मल पनेरू, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरूषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाय, गुणराज बुढाथोकी, राम प्रसाद तिमल्सिना, भिषणबाबु राई, रूक बहादुर खड्का, रण बहादुर…
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट ट्राफिक सचेतना विशेष अभियान-२०८१ उद्‍घाटन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट ट्राफिक सचेतना विशेष अभियान-२०८१ उद्‍घाटन

काठमाडौं, २ वैशाख  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच ‘ट्राफिक सचेतना विशेष अभियान-२०८१’ को पानसमा दीप प्रज्वलन गरी उद्‌घाटन गर्नुभयो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा आयोजित उक्त कार्यक्रमको शुरूमा गृहमन्त्री रवि लामिछाने, गृहसचिव एकनारायण अर्याल, प्रहरी महानरीक्षक बसन्त बहादुर कुँवर, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा तथा अन्य सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको सहभागितामा सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली नेपाल वायुसेवा निगम प्राङ्गण सुन्धाराबाट शुरू भई वीर अस्पताल, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधनको क्रममा गृहमन्त्री लामिछानेले ट्राफिक…