युवा नेता गिरि होटलमा हैन, अनाथ आश्रममा मनाए जन्मदिन

Advertisement

उच्च ओहोदामा पुगेका व्यक्तिले खासगरी आफना वा आफन्तको जन्मदिन होटलमा ठुल ठुला व्यक्तिलाई आमन्त्रित गरी लाखौंको भोतभतेर गरेर मनाउने आजकाल चलन नै चलेको छ ।

समाजमा अलि नाम कमाएका व्यक्तिहरुले आफना जन्मदिन कर्मचारी, सुरक्षा निकायका प्रमुख, मेयर, सांसद, मन्त्री लगाएत ठुलठुला व्यक्तिहरुसँग मनाई लाखौं रुपैया फजुल खर्च गर्ने गरेका छन तर कपिलवस्तु युवा नेता राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला सँयोजक तिलक गिरीले आफ्नो जन्मदिन फरक किसिमले मनाएका छन् ।

युवा नेता व्यवसाहि एवम समाजसेवी गिरीले आफ्नो जन्मदिन कुनै होटल वा ठुला व्यक्तिसँग नमनाई असाहाय र टुहुरा बालबालिकाहरुसँग कपिलवस्तु तौलिहवा स्थित कपिलवस्तु बाल गृहमा मनाएका छन् ।

निरन्तर गरिव एवं असाहायलाई सहयोग गर्दै समाजमा आफना छुटै पहिचान बनाउन सफल गिरीले जन्मदिनको अवसरमा बालगृहलाई विभिन्न खाद्यान्न सामाग्री समेत सहयोग गरेका छन् ।
जन्मदिनका नाममा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यलाई आत्मसाथ गर्दै युवा नेता एवं व्यवसाहि गिरीले आफ्नो जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरी प्रशंसनीय एवं उदाहरणीय काम गरेका हुन् ।

जन्मदिन वा कुनै परिवारीक उत्सवको समारोह भएको बेला होटलमा लाखौं रकम खर्च गर्नु भन्दा आफ्नो जिल्ला वा स्थानमा रहेको अनाथालय आश्रम, बृद्धा आश्रम वा दलित बस्तीमा रहेको गरिब असहाय परिवारमा खाद्यान्न सामाग्री, लत्ताकपडा जस्तो सामाग्री वितरण वा सहयोग गर्नु नै उपयुक्त हुनेछ भनी आफुले उक्त सामाग्री सहयोग गरि समाजमा अन्य व्यक्तिहरूले होटलमा होइन जसको संसारमा कोही छैन त्यस्तोको लागि केही गर्नु भने गिरीले आग्रह गरे ।

समाजमा पछिल्लो समय भड्किलो रुपमा मनाउने जन्मदिन भन्दा टुहुरा बालबालिकाहरुलाई सहयोग गरेर मनाउदा आफुलाई समेत रमाईलो लागेको गिरीको भनाई छ ।
अन्य व्यक्तिले होटलमा लाखौं खर्चेर जन्मदिन मनाइरहदा पत्रकार पटेलले अनाथ तथा टुहुरा बालबालिकाहरुसँग आश्रममै पुगेर जन्मदिन मनाएर एउटा नयाँ सन्देश दिनुका साथै उदाहरणीय एवं प्रशंसनीय काम गरेको भन्दै उनको अहिले सर्वत्र प्रशंसा भइरहेको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार