वार्षिकोत्सवको अवसरमा नेशनल लघुवित्तद्वारा डस्टबिन हस्तान्तरण

Advertisement

कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ भेलाईमा रहेको नेशनल लघुवित्त वित्तीय संस्थाले डस्टबिन वितरण गरेको छ। संस्थाको १० औँ वार्षिक उत्सवको अवसरमा शाखाले ६ थान डस्टबिन वितरण गरेको हो।
शाखाले वडाका ६ टोललाई ६ डस्टविन वितरण गरेको बताएको छ। लघुवित्तको १० औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गरेको शाखाले जनाएको छ ।


लघुवित्तले डस्टबिन वितरण गरे सँगै फोहोर जथाभाबी नफाली डस्टबिनमा राख्न समेत अनुरोध गरेको छ। कार्यक्रमका प्रमुख अतिथि बुद्धभूमि नगरपालिका १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतले लघुवित्तले वडा सँग समन्वयन गरी विभिन्न समयमा कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिँदै संस्थाको १० औँ वार्षिक उत्सवको अवसरमा संस्थाको प्रगतिको कामना गरे।


नेशनल लघुवित्त वित्तीय संस्थाका अनुगमन अधिकृत विष्णु पन्थले कार्यक्रमको बारेमा विस्तृत जानकारी दिँदै संस्थाबाट आगामी दिनमा समेत यस्ता कार्यक्रम हुने बताए। उनले संस्थाले गर्ने कार्यक्रम वडाले सहकार्य गरेकोमा पनि धन्यवाद दिँदै आगामी दिनमा पनि संस्थाले विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाए। उनले संस्थाले गैर वित्तीय कारोबार सँगै वित्तीय साक्षरताका कक्षा सँगै जिविको उपार्जनका तालिमलाई प्राथमिकतामा राख्ने बताए। संस्थाले डस्टबिन वितरण सँगै भेलाई गाउँ परिसरमा सरसफाइ कार्यक्रम गरेको थियो।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार