जानु पाण्डे
कपिलवस्तु असार २९ गते । कपिलवस्तुका सामुदायिक वनले जैविक विविधता कायम गर्न अन्य वन व्यवस्थापनमा जोड दिने जनाएका छन् । डिभिजन वन कार्यालय कपिलवस्तुले वन संवर्द्धन प्रणाली अन्तर्गतका वन व्यवस्थापन अन्तरक्रियामा बोल्दै काठ उत्पादन सँगै अन्य वन व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरेका छन् ।
अन्तरक्रियामा सहजीकरण गर्दै डिभिजनल वन अधिकृत विजयराज सुवेदीले वन संवर्द्धन प्रणालीले वन व्यवस्थापनमा विज्ञान तथा प्रविधिको प्रयोग गरिएको बताउनु भयो । अहिले वन क्षेत्रमा भएका रुखको जिपिएस गरी उचाइ र मोटाई लिइएको छ । खाली जग्गा व्यवस्थापन समेत भएको छ । अग्नि रेखा निर्माण देखी पानीको स्रोत व्यवस्थापन र खहरे खोला व्यवस्थापनमा गरिएका नमुना अभ्यासले वनको दिगो व्यवस्थापनमा जोड दिएको सुवेदीको भनाइ रहेको थियो ।
अन्तरक्रियामा २० वन समूहलाई सहभागिता रहेको वरिष्ठ वन अधिकृत खिल बहादुर तामाङले बताउनु भयो । वन व्यवस्थापनमा गर्दा आएका समस्या तथा चुनौतीलाई समाधान गर्दै नमुना अभ्यासलाई प्रचार प्रसार गर्ने कार्यक्रममा सहभागी राजकुडाँ सामुदायिक वनका अध्यक्ष हेमन्त मल्लले बताउनु भयो ।

