खेतमा काम गर्न जादै गरेको कपिलवस्तुका २ युवाको चट्याङ लागेर मृत्यु

Advertisement


कपिलवस्तु असार १२ गते ।
कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उहाँहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले बताउनु भयो ।
मृत्यु हुनेमा यशोधरा गाउँपालिका ६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका १० धनकौलीका १७ वर्षको राजु ठाकुर रहेका छन् । दुवै जनाको शव मुचुल्का उठाई पोस्टमार्टमको लागि कपिलवस्तु अस्पताल लैजाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार