विद्युत पोल ढल्ने त्रासमा चौवन्नबासी

Advertisement



कपिलवस्तु असार ११ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ चौवन्नमा बिद्युतका पोल ढल्ने डरले स्थानीयमा त्रसित बनेका छन् । सडक निर्माणका क्रममा सारिएका पोल केही दिन अगाडी आएको हावाहुरीले बाङ्गिए पछि बाटोमा हिँड्दा सावधानी अपनाउन परेको छ ।
ढल्न लागेको पोल नजिक पुग्दा जिउँ सि रिङ हुने स्थानीय समाजसेवी देवी प्रसाद बेल्वासेले बताउनु भयो । यो बाटो हुँदै दैनिक हजारौँ मानिस हिँड्ने गर्छन् । वडा कार्यालय र माध्यामीक विद्यालय जाने मुख्य बाटो समेत भएकोले दुर्घटनाको जोखिम बढेको छ । बस्ती सँग जोडिएको करिब आधा किलो मिटर बाटोमा ६ ओटा बिद्युतको पोल ढल्ने अवस्थामा रहेको स्थानीयहरू बताउँछन् ।
बिद्युतको पोल सिधा बनाउन नेपाल बिद्युत प्राधिकरण कृष्णनगरलाई जानकारी गराएको वडा अध्यक्ष प्रमोद आचार्यले बताउनु भयो । हावाहुरीले धेरै ठाउँका पोलमा क्षति पुगेको छ । मर्मत गर्दै आउँदा केही दिन लाग्न सक्ने जवाफ आएको अध्यक्ष आचार्यको भनाई रहेको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार