लस्सी खुवाएर यात्रुलाई शितलता दिँदै होटल तथा पर्यटन व्यवसायी

लस्सी खुवाएर यात्रुलाई शितलता दिँदै होटल तथा पर्यटन व्यवसायी

हरि आचार्य, कपिलवस्तु अत्यधिक गर्मीका कारण तराईका जिल्ला सहित देशभरको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको यो समयमा होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उदारणिय कार्य गरेको छ । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले चार नम्बर जितपुर चोकमा निशुल्क चिसो लस्सी वितरण गरि पुनित कार्य गरेको हो । आज चार नम्बर जितपुरमा रहनुभएका सम्पुण नागरिक, बस, विंगरमा यात्रा गरेका नागरिकहरु ग्रि ११ सय बढीलाई निशुल्क लस्सी वितरण गरिएको होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले जानकारी दिनुभयो । चार नम्बर चोक क्षेत्रमा विभिन्न कामले हिडडुल गर्ने तथा व्यवसाय संचालन गरेका व्यवसायी, विभिन्न सवारी साधनका चालक, सहचालक,…
Read More
नेशनल लघुवित्तद्वारा बेमौसमी तरकारी खेती तालिम सम्पन्न

नेशनल लघुवित्तद्वारा बेमौसमी तरकारी खेती तालिम सम्पन्न

कपिलवस्तु। नेशनल लघुवित्तको कपिलवस्तुको पत्थरकोट शाखाले आफ्ना ग्राहक सदस्यहरुलाई बेमौसमी तरकारी खेतीको तालिम प्रदान गरेको छ । लघुवित्तले जेठ २७ गते देखि २८ गतेसम्म २ दिने तालिम संचालन गरेको हो । लघुवित्तका अनुसार तालिममा व्यवसाय उन्मुख ४० जना सदस्य तथा कृषिमा आवद्द गैर सदस्यहरुको सहभागी थियो । तालिम उद्धाटन गर्दै बुद्धभूमि नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतले तालिम बाट सिकेका कुराहरुबाट कृषि उत्पादन वृद्धिमा टेवा पु¥याई आत्मनिर्भर र व्यवसायिकता तर्फ उन्मुख हुन सहभागी प्रशिक्षार्थिलाई हौसला प्रदान गरेका थिए । बुद्धभूमि नगरपालिका वडा नं १ को प्राविधिक सहयोगमा कार्यक्रम संचालन भएको हो। संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका…
Read More
बुद्धभूमिमा आज बिहानै बस र पिकअप ठोकिँदा १ जनाको मृत्यु

बुद्धभूमिमा आज बिहानै बस र पिकअप ठोकिँदा १ जनाको मृत्यु

कपिलवस्तु जेठ २९ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस पिकअप ठोकिँदा १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान ५ः३० बजे काठमाण्डौँबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठक्कर खाएका थिए । घटनामा परी पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिस भण्डारीले बताउनु भयो ।ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टा पछी उद्धार गरिएको थियो । घाइतेहरु लाई उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक विर बहादुर सुनारले…
Read More
निर्धन उत्थान बेलाटारी शाखाद्वारा डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति बितरण

निर्धन उत्थान बेलाटारी शाखाद्वारा डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति बितरण

झबिन भण्डारी २०८१ जेठ २७,नवलपरासी निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय बेलाटारी नवलपरासी ले आज छुट्टाछुट्टै कार्यक्रमका बिच बर्दघाट-१६ सिद्धनगर स्थिती सिद्धनगर महिला समुहकी सदस्य आइती श्री तामाङ्गको छोरा बिबेक कुमार तामाङ्ग लाइ छात्र तर्फ बाट र प्रतापपुर नगरपालिका वडा न ०९ खैरेनी महिला समुहको समूह सदस्य मिना देबि थरुनिको छोरी सुनिता कुमारी चौधरी लाई छात्रा तर्फको स्व.डा.हरिहरदेव पन्त स्मृति छात्रवृत्ति बितरण गरिएको छ। प्रतापपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जय किसन चौधरी को प्रमुख अतिथयता , शाखा प्रबन्धक लक्ष्मण सापकोटाको विशिष्ट आतिथ्यता र समुहकी प्रमुखहरुको अध्यक्षयतामा कार्यक्रम सन्चालन भएको थियो। कार्यक्रम मा बोल्दै प्रमुख अतिथी…
Read More
बुद्धभूमि उद्योग वाणिज्य संघको क्षेत्र न १ बाट घिमिरे सर्वसहमत चयन

बुद्धभूमि उद्योग वाणिज्य संघको क्षेत्र न १ बाट घिमिरे सर्वसहमत चयन

कपिलवस्तु। बुद्धभूमि उद्योग वाणिज्य संघ कपिलवस्तुको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट क्षेत्रगत न.१ बाट सदस्य पदमा बाबुराम घिमिरे (शेखर) सर्वसहमत चयन हुनुभएको छ। युवा व्यावासाही एवम डायनामिक लिडर घिमिरे विभिन्न सामाजिक कार्यमा समेत् सक्रिय हुनुहुन्छ। बुद्धभूमि जेसिस २०२३ का अध्यक्ष समेत रहनुभएका घिमिरेले सामाजिक उत्तरदायित्व सहितका विभिन्न काम संगै बुद्धभूमि उद्योग बाणिज्य संघमा रहेर रचनात्मक कार्य गरेकाले उहाँलाई क्षेत्रगत न १ बाट सर्वसहमत सदस्य पदमा चयन गरिएको उद्योग बाणिज्य संघका सदस्यहरुको भनाई छ। संस्थालाई चलायमान बनाउन युवा व्यवसाहिको महत्वपूर्ण भूमिका रहने भएकाले घिमिरेलाई सर्वसहमत चयन गरिएको बताइएको छ।
Read More
त्रिशूली सामुदायिक वन द्वारा युवा युवतीलाई नि शुक्ल कम्प्युटर तालिम

त्रिशूली सामुदायिक वन द्वारा युवा युवतीलाई नि शुक्ल कम्प्युटर तालिम

  नेपाल टिभी न्युज बुद्धभूमि, कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेको त्रिशूली सामुदायिक वनले ६५ जना युवाहरूलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने भएको छ ।  त्रिशूली सामुदायिक वनले एक कार्यक्रम गरी  निःशुल्क कम्प्युटर शिक्षाको सुरुवात गरेको छ।  माउन्ट एभरेस्ट इञ्चिचियुटको प्राविधिक सहयोगमा १९ जना बेसिक र ४६ जना डिप्लोमा सिक्ने  भएका छन्। अहिले प्राविधिक शिक्षाको आवश्यकता भएको हुँदा सामुदायिक वनले प्रत्येक वर्ष निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरिरहेको वनका अध्यक्ष निलकुमार श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो  ‘हामीले विगत वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएका छौ, आर्थिक रूपमा विपन्न भएका कारण कम्प्युटर शिक्षा लिनबाट वञ्चित युवाहरूलाई यसपालि पनि निःशुल्क तालिम सञ्चालन गरेका छौ। ’  …
Read More
बुद्धभूमिमा ५ वर्षे रोजगार रणनिति योजनाको प्रारम्भिक मस्यौदा बारे छलफल

बुद्धभूमिमा ५ वर्षे रोजगार रणनिति योजनाको प्रारम्भिक मस्यौदा बारे छलफल

सुशिल गैरे कपिलवस्तु, कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले तयार गरेको बुद्धभूमिको ५ बर्षे रोजगार रणनीति योजनाको प्रारम्भिक मस्यौदामाथी छलफल भएको छ। कार्यक्रममा पालिकाका जनप्रतिनीधि, कर्मचारी र सरोकारवालाले बुद्धभूमिमा भएको बेरोजगारी समस्यालाई न्युनिकरण गर्न स्थानीय तहले प्रदेश, संघ र बिभिन्न उद्योग तथा कलकारखाना र रोजगार प्रदायकहरुसंग आवस्यक समन्वय गर्नु पर्नेमा जोड दिएका छन । सो मस्यौदामा बुद्धभूमि नगरपालिका भित्र रोजगारको अवसर सिर्जना गरि बढ्दो बेरोजगारी र गरिवीलाइ न्यूनिकरण गर्न नेपालको संबैधानीक र कानूनी व्यवस्था भए बमोजिम प्रत्येक नागरिकलाई रोजगारीको हकको सुनिश्चितताले नागरिकलाइ स्वदेशमै रोजगारीमा संलग्न गराउन संघीय लोकतान्त्रिक व्यवस्था अन्तर्गतका सरकारहरु रोजगार तर्फ केन्द्रित रहेको र आर्थिक वृध्दि र गरिवी न्युनिकरणको आधार नै…
Read More
पारिजातलाई बुद्धभूमि नगरस्तरिय हाजिरीजवाफको उपाधि

पारिजातलाई बुद्धभूमि नगरस्तरिय हाजिरीजवाफको उपाधि

नेपाल टिभि न्युज बुद्धभूमिमायादेवी मिडिया ग्रुपको आयोजनामा सम्पन्न बुद्धभूमि नगरपालिका मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधी पारिजात पब्लिक स्कुलले जितेको छ । बुद्धभूमि नगरपालिकाको सभा हाल बुड्ढीमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा आदर्श इङ्ग्लिस बोर्डिङ्ग स्कुल द्धितीय तथा जनकल्याण मा वि तृतीय हुन सफल भएको प्रतियोगिताका संयोजक हरि अधिकारिले जानकारी दिनुभयो । प्रतियोगितामा बुद्धभूमि नगरपालिकाका १४ विद्यालयहरुले सक्रिय रुपमा सहभागीता जनाएका थिए । प्रतियोगितामा शिक्षा, स्वास्थ्य, ईतिहास, विज्ञान गणित तथा आई।क्यु।, भुगोल लगायत विविध बिषयहरु समावेश गरि विभिन्न चरणमा प्रश्न सोधिएको थियो । हाजिरीजवाफ प्रतियोगिताको सहजिकरण पत्रकार दिपक अनुरागीले गनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले यस्ता…
Read More
अतिक्रमण शून्य बनाउँदै बुद्धभूमिको गौतमबुद्ध सामुदायिक वन

अतिक्रमण शून्य बनाउँदै बुद्धभूमिको गौतमबुद्ध सामुदायिक वन

कपिलवस्तु जेठ ११ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ गौतम बुद्ध सामुदायिक वनले अतिक्रमण शून्य बनाउने जुटेको छ । सामुदायिक वन क्षेत्रमा भित्र रहेका घर गोठ, खेती गर्दै आएका क्षेत्रलाई नियन्त्रणमा लिने कामको सुरुवात भएको छ ।३ घर र एउटा गोठ हटाउन सूचना सामुदायिक वनले सूचना टाँस गरेको छ । खेती गरेका क्षेत्रमा खाली गराई तार बार गर्ने र ट्रेन्च (नाली निर्माण) गरी वन क्षेत्र संरक्षणको काम भएको सामुदायिक वनका अध्यक्ष सूर्य मल्लले बताउनु भयो । सब डिभिजन वन कार्यालय बडहराको सहयोगमा वन क्षेत्र सिमाङ्कन गर्ने, अतिक्रमित जमिन छुट्टाएर वृक्षारोपणको लागी तयार गर्ने काम अगाडी बढेको छ ।२४४.७१ हेक्टर क्षेत्रफलमा…
Read More
राजमार्गका होटेलमा छड्के अनुगमन, कैफियत देखिएका ३ होटेललाई जरिमाना

राजमार्गका होटेलमा छड्के अनुगमन, कैफियत देखिएका ३ होटेललाई जरिमाना

कपिलवस्तु जेष्ठ ५ गते । कपिलवस्तुमा राजमार्ग क्षेत्रका होटेलमा छड्के अनुगमन गरिएको छ । बस यात्रुलाई लक्षित गरी सञ्चालन गरिएका बुद्धभूमि नगरपालिकाका होटेलमा सरसफाइ, खाना खाजाको गुणस्तर, मूल्य सूचि उपभोग्य बस्तुको म्याद लगायतको अनुगमन गरिएको थियो ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य तथा गुण नियन्त्रक कार्यालय कपिलवस्तु, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु र प्रहरी सहितको संयुक्त टोलीले होटेलका अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कैफियत देखिएका बस यात्रुलाई खाना खुवाउने होटेललाई जरिमाना गरिएको थियो । बासी सडे गलेका खाना फेला परेका, सरसफाइमा ध्यान नदिएका, खाना नढाकी फ्रिजमा राखिएको फेला परेका होटेललाई पहिलो पटक ५ हजारका दरले जरिमाना गरिएको सहायक प्रमुख…
Read More
//uplcm.com/4/6824010