को बन्ला एमाले कपिलवस्तु जिल्ला अध्यक्ष ?
कपिलवस्तु वैशाख २३ गते ।नेकपा एमाले कपिलवस्तुको १०औँ जिल्ला अधिवेशन नजिकिँदै गर्दा एमाले कार्यकर्तामा एउटै प्रश्न उब्जिएको छ । को बन्ला नेकपा एमाले कपिलवस्तु जिल्लाको नयाँ अध्यक्ष ? वैशाख २६ गते एमाले जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । जसका लागी ३ नेताको नाम चर्चामा रहेको छ ।अध्यक्ष पदको आकाङ्क्षीमा हालका जिल्ला अध्यक्ष डम्मर शर्मा, जिल्ला उपाध्यक्ष विश्राम प्रसाद चौधरी र बाबुराम खनाल रहनु भएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने भनिए पनि त्यो हुने सम्भावना अत्यन्त न्यून रहेको छ ।एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा दोहोरिने चाहनु भएको छ । अघिल्लो कार्यकाल सुखद रहेको र निर्वाचनमा जिल्लामा एमालेले उत्कृष्ट…
