मतदान स्थलको अनुगमन

मतदान स्थलको अनुगमन

कपिलवस्तु कात्तिक २७ गते । मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागी कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ का मतदान स्थलको अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कडायत सहितको प्रहरी टोलीले वडाका मतदान स्थलको अनुगमन गर्नु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।अनुगमनका क्रममा निर्वाचनमा कुनै पनि कमजोरी हुन नदिने र सुरक्षा संयन्त्रको पहुँच, विगतका घटना तथा अवस्थालाई मध्यनजर गर्दै मतदान स्थलमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिनु भएको थियो । कम्पाउन्डवाल र घेरा बेरा नगरिएका संवेदनशील स्थलको थप निगरानी गर्ने तयारी समेत रहेको जिल्ला प्रहरी प्रमुख निरञ्जन दत्त भट्टले बताउनु भयो । डिआइजी…
न्यायमा पनि घुस, जिल्ला अदालत कपिलवस्तुका २ कर्मचारीलाई अख्तियारले समायो

न्यायमा पनि घुस, जिल्ला अदालत कपिलवस्तुका २ कर्मचारीलाई अख्तियारले समायो

जिल्ला अदालत कपिलवस्तुका २ कर्मचारी घुस सहित नियन्त्रणकपिलवस्तु कात्तिक २७ गते । जिल्ला अदालत कपिलवस्तुका २ कर्मचारी घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुस रकम सहित नियन्त्रण लिएको छ । मङ्गलवार बेरितको बन्डा मुचुल्का बदर गर्ने बहानामा २० हजार घुस सहित नियन्त्रण लिइएको जनाएको छ ।आयोग बुटवलका सूचना अधिकारी उप सचिव गीता आचार्यले दुवै जनाबाट श्रोत नखुलेको रु.९६,८००।– (छयानब्बे हजार आठ सय रुपैयाँ) समेत बरामद भएको बताउनु भयो । घटनाको विषयमा थप अनुसन्धान भई रहेको आयोग कार्यालयले जनाएको छ ।
बुद्धभूमि महोत्सवमा डन्सिङ्ग स्टार हुने, संयोजकमा लक्ष्मण न्यौपाने

बुद्धभूमि महोत्सवमा डन्सिङ्ग स्टार हुने, संयोजकमा लक्ष्मण न्यौपाने

बुद्धभूमि उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर ७ गतेदेखि १७ गतेसम्म हुने चौथो बुद्धभूमि महोत्सवमा चौथो बुद्धभूमि डान्सिङ्ग स्टार हुने भएको छ ।जिल्लामा नृत्यमा रुचि राख्नेहरुकाबीच प्रतिस्पर्धा गराउने उद्देश्यले चौथो डान्सिङ्ग स्टारको आयोजना गर्न लागिएको हो ।डान्सिङ्ग स्टारको संयोजकको जिम्मेवारी लक्ष्मण न्यौपानेलाई प्रदान गरिएको छ ।नृत्युमा रुचि भएकाहरुका लागि आफ्नो प्रतिभा देखाउने डान्सिङ्ग स्टार एक महत्वपूर्ण प्याटफर्म भएको संयोजक न्यौपाने बताए । उनले डान्सिङ्ग स्टारमा प्रतियोगी छनोटको प्रक्रिया केही दिनमै सुरु हुने बताए ।नृत्य प्रति रुचि भएकाहरुले बुद्धभूमि उद्योग बाणिज्य संघको कार्यालय गोरुसिङ्गेमा सम्पर्क राख्न सक्नेछन् । चौथो बुद्धभूमि महोत्सव बुद्धभूमि नगरपालिकाको गोरुसिङ्गे इलाका प्रहरी कार्यालयको छेउमा हुदैं छ ।
चौथो बुद्धभूमि महोत्सव मंसिर ६ देखि १७ गतेसम्म

चौथो बुद्धभूमि महोत्सव मंसिर ६ देखि १७ गतेसम्म

बुद्धभूमि उद्योग वाणिज्य सङ्घ चौथो बुद्धभूमि महोत्सवको तयारीमा जुटेको छ । महोत्सव नजिकिँदै गर्दा सघं चौथो बुद्धभूमि महोत्सवको तयारीमा जुटेको हो । चौथो बुद्धभूमि महोत्सव यही मंसिर ७  गतेदेखि १७ गतेसम्म बूद्धभुमि नगरपालिकाको गोरुसिङ्गेमा  हुन लागेको सङ्घका महासचिव हरिलाल अधिकारीले जानकारी दिए । सङ्घको कार्यसमिति बैठकले जिम्मेवारी समेत बाँडफाँड गरिसकेको छ । सघंका अध्यक्ष शुभलाल भुसालले जिम्मेवारी पाएका संयोजकलाई आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पुरा गर्न र आवश्यक तयारीमा जुट्न आग्रह गरेका छन् । यस पटकको महोत्सव पहिलेको महोत्सव भन्दा फरक र पृथक् हुने बताइएको छ ।
बुद्धभूमि मनाइयो साख्वाको जयन्ती र नेपाल सम्वत् ११४५

बुद्धभूमि मनाइयो साख्वाको जयन्ती र नेपाल सम्वत् ११४५

कपिलवस्तु कार्तिक १८ गते ।बुद्धभूमि का नेवार समुदायले राष्ट्रिय विभूति शंखधर साख्वाको जयन्ती मनाएका छन् । नेवा ः देय् दवु बुद्धभूमिको आयोजनामा साख्वा जयन्ती सँगै नेपाल सम्वत् ११४५ मनाइएको छ । कार्यक्रममा नेवारी समुदायहरु संस्कृति झल्किने पोसाकका उपस्थित भएका थिए । बुद्धभुमी नगरपालिका २ गोरुसिंगे स्थित भिमसेन मन्दिरमा बुद्धभूमि नगरपालिकाका नेवार समुदायका अगुवाहरुको सहभागितामा रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा बुद्धभूमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले नेपाली समाजले शाख्वाको योगदानको कदर गर्नु पर्ने बताउनु भएको थियो । नेपाल सम्वत् नेपालको आफ्नो क्यालेण्डर समेत रहेको र सरकारी र सामाजिक तवरबाट यसको प्रयोग गर्न जोड दिनु भयो ।कार्यक्रममा बरिष्ठ समाजसेवी…
भारतमा कार दुर्घटना भाईटिका मनाउन फर्किदै गरेका कपिलवस्तुका बेल्बासे सहित दुई जनाको मृत्यु

भारतमा कार दुर्घटना भाईटिका मनाउन फर्किदै गरेका कपिलवस्तुका बेल्बासे सहित दुई जनाको मृत्यु

कपिलवस्तु , कात्तिक १६ गते ।भाईटिका मनाउन भारत बाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पंजाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पिबि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको थियो ।आज बिहान साढे ५ भएको दुर्घटनामा परी कपिलवस्तु बाणगंगा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटाको निधन भएको थाना पचपेडवा बलरामपुरले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगंगा नगरपालिका जितपुर नम्बर ४ निवासी टेक बहादुर र उहाँको पत्नी…
बाणगंगा भक्तौलीका युवा नारायणको सफल फूल खेती

बाणगंगा भक्तौलीका युवा नारायणको सफल फूल खेती

कपिलवस्तु, कार्तिक १५ – बाणगंगा नगरपालिका ३ भक्तौलीका युवा किसान नारायण अर्यालले फूल खेतीमा उल्लेखनीय सफलता हासिल गरेका छन्। तीन वर्षअघि धानको खेती छोडेर फुल खेतीमा ध्यान दिन थालेका अर्यालले पाँच कट्ठामा लगाइएका सयपत्री फूलका ३ हजार बेर्ना रोपेका छन्। उहाँले ५५५ जातको मेरी गोल्ड सयपत्री फूलको खेती गर्नुभएको हो, जसको प्रति बेर्ना १२ रुपैयाँको दरमा खरिद गरिएको थियो। साउनको अन्तिम साता रोपिएका बेर्नाले कात्तिकको पहिलो हप्ताबाट उत्पादन दिन थालेका छन्। नारायणले तिहार र बिहेको सिजनलाई लक्षित गर्दै फूल खेती गर्नुभएको बताउँदै भन्नुभयो, “फुल खेती गर्न रहर थियो। नेपालमा भारतबाट फुल आयात हुने समाचार पढेपछि फुल खेतीतर्फ आकर्षण बढ्यो।” उहाँले…
बुद्धभूमिमा स्कुल बस र मोटरसाइकल ठोकिदाँ  दुई युवाको मृत्यु

बुद्धभूमिमा स्कुल बस र मोटरसाइकल ठोकिदाँ दुई युवाको मृत्यु

कपिलवस्तु कात्तिक १३ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्कुल बसले मोटरसाइकललाई ठक्करबाट दुई जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ पुरेनामा मङ्गलवार दिउसो १२ः४० मा भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ बुड्ढीका मनिस थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बिर बहादुर सुनारले बताउनु भयो ।गोरुसिङ्गे बाट पुरेना तर्फ जाँदै गरेको लु १ ख ९०९२ न.को स्कुल बसले उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको लु ६६ प ४८७५ न.को मोटर साइकल.एक आपसमा ठक्कर खाएका थिए । घाइते भएका थापालाई उपचारको लागी कपिलवस्तु अस्पताल तौलिहवा र थारुलाई चौराहा अस्पताल बुटवल…
कपिलवस्तुमा बृद्धभत्ता बुझ्न गएका सवार अटोलाई स्कर्पियोले ठक्कर दियो, १ को मृत्यु ५ जना घाइते

कपिलवस्तुमा बृद्धभत्ता बुझ्न गएका सवार अटोलाई स्कर्पियोले ठक्कर दियो, १ को मृत्यु ५ जना घाइते

जानु पाण्डे कपिलवस्तु कार्तिक ८ गते ।  कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनु भयो । वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गर्दा दुर्घटना भएको थियो । बा प्र –०१–०२९च९१५० को स्र्कापियोले लु १ ह ३०९२ नम्बरको अटोलाई बैङ्क अगाडि ठक्कर दिएको थियो । दुर्घटनामा सोही नगरपालिका वडा नं। १० जनकपुर बस्ने वर्ष ७० सरस्वती पासीको घटना स्थलमा मृत्यु भएको छ । घाइते हुनेमा विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर अटो चालक लोकबहादुर…
देउराली सामुदायिक वनको साधारण सभा सम्पन्न

देउराली सामुदायिक वनको साधारण सभा सम्पन्न

कपिलवस्तु कार्तिक ४ गतेकपिलवस्तुको बुद्धभूमि नगरपालिका २ देउराली सामुदायिक बनको १५ औँ साधारण सभा सम्पन्न भएको छ । बुद्धभूमि उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथी तथा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले पालिकाले सामुदायिक वन सँग साझेदारीमा विकास निर्माणको काममा सहकार्य गर्न तयार रहेको बताउनु भयो ।पहिला लाखमा सिमित रहेका वनको आम्दानी अहिले करोड पुगेको छ । वडाले खर्च गर्ने भन्दा सामुदायिक वनको बजेट धेरै रहेको समेत उहाँले बताउनु भयो । पारर्दिता र गुणस्तरियकाम र प्राविधिक सहयोग समेत हुने हुँदा वन र पालिकाको साझेदारको योजना बढाउन जोड दिनु भयो ।सभामा बोल्दै सव डिभिजन वन कार्यालय…