सुनवलमा बस र ट्रक ठोकियो

Advertisement


नवलपरासी पुस ५ गते । नवलपरासीको सुनवल(७ ज्यामिरेमा यात्रु बस र ट्रक एकआपसमा ठोकिदा बसमा सवार १७ जना यात्रु घाइते भएका छन ।
बर्दघाटबाट बुटवलतर्फ आइरहेको लु १ ख ९४६७ नं को माइक्रोले साइकल यात्रीलाई ठक्कर दिएर अनियन्त्रीत भइ विपरित दिशाबाट आएको सुदुरपश्चिम ००१ ख २४४२ नं को ट्रकसंग ठोकिन पुगेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
दुर्घटनामा परी माइक्रोबसमा सवार १७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर छ । घाइतेको देवदह भलुहीस्थित देवदह मेडिकल कलेजमा उपचार भैरहेको जनाइएको छ । सवारी चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसान्धान भैरहेको प्रहरीले जनाएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार