लुम्बिनी, माघ ४ गते ।
कुटपिटबाट रुपन्देहीमा एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सियारी गाउँपालिका–७, हीरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् । उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएकामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
