प्रहरी निरीक्षक सुनार उत्कृष्ट प्रहरीको रुपमा सम्मानित

Advertisement


जानु पाण्डे,
कपिलवस्तु पुस ५ गते ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बिर बहादुर सुनार मङ्सिर महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी दान बहादुर कार्कीले निरीक्षक सुनारलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नु भएको हो । सम्मान कार्यक्रममा बोल्दै डिआईजी कार्कीले अपराध न्यूनिकरण, जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउनको लागी सकृय रहन निर्देशन दिनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रत्येक महिनामा प्रहरी युनिटमा सिर्जनात्मक, सकारात्मक, र उत्कृष्ट कार्यमा आधारित प्रतिस्पर्धा गराउँदै उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ । यस महिनाका लागि निरीक्षक सुनारको कार्यको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले जानकारी दिनु भयो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार