जन्मदिनमा कमलको समाजसेवा

Advertisement

कपिलवस्तुका युवा समाजसेवी कमल रिजालले आफ्नो जन्मदिन फरक तरिकाले मनाएका छन् । बुद्धभूमि नगरपालिका १ भेलाईका युवा समाजसेवी रिजालले प्रत्यक वर्ष आफ्नो जन्मदिन सामाजिक कार्य गर्दै मनाउदै आएका छन।
प्रत्यक जन्मदिनमा रिजालले बुद्धभूमि १ टिक्करमा रहेको क्रियापत्री भवनमा ग्यास चुलो दिएर मनाउनु भएको छ। दुखमा रहेका बेला खाना बनाउनका लागि चुलोको समस्या हुने हुदा त्यसको सहजताका लागि रिजालले चुलो र ग्यास हस्तान्तरण गरेको बताए। उनले आफुले प्रत्यक वर्ष आफ्नो जन्मदिनमा समाजका लागि केहि गर्ने समेत प्रतिवद्दता जनाए। कार्यक्रममा समाजसेवी विरेन्द्र मिश्रले पछिल्लो समय जन्मदिन खर्चिलो र भड्किलो बन्दै गएको र जन्मदिनमा खर्च गर्ने रकम कटौती गरी जन्मदिन मनाउनु पर्छ भन्ने सन्देश दिएको बताए। उनले सामाजिक उत्तरदायित्वका बारेमा बोध गराउने र भाबी दिनमा समाजको हितमा काम गर्नु पर्छ भन्ने भावना जागृत गराउन यस प्रकारले जन्मदिन मनाइदिएकोमा रिजाललाई धन्यवाद समेत ज्ञापन गरे।
कार्यक्रममा सहभागीले रिजालले गरेको कार्यको प्रसंसा गर्दै यस्तो कार्यको सवैले अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार