कपिलवस्तु माघ ४ गते ।
कपिलवस्तुका सीमा क्षेत्रका युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यले कपाल काट्ने तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल २८ नम्बर गण कपिलवस्तुको आयोजनामा १० दिने तालिम सम्पन्न भएको छ । सीमावासीहरू सँगको सम्बन्ध र सहकार्य वृद्धि गर्न र युवा पुस्तालाई स्वरोजगार तर्फ आकर्षण बढाउन तालिमको आयोजना गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले बताउनु भयो ।
तालिममा सीमा सँग जोडिएका ६ पालिकाका २६ वडाका विपन्न समुदायका युवाको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी वर्डर आउट पोस्टले वडा कार्यालय सँग समन्वय गरी सहभागी छनोट गरिएको प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरका गुल्म पती सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण कुमार सिंहले बताउनु भयो । सशस्त्र प्रहरीले सीमावासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत विविध कार्यक्रम गर्दै आएको छ । तालिम पछि सेना प्रहरीमा जागिर खान तथा व्यवसाय चलाउन तालिममा सहभागी कृष्णनगर नगरपालिका ५ का रमेश पासीले बताउनु भयो ।

