दर्शकको उत्साहजनक भिड बढेपछि चौथो बुद्धभूमि महोत्सव २ दिन थपियो

Advertisement

“कृषि उधोक, व्यापार, पर्यटन, सांस्कृति र स्वरोजगार, आत्मनिर्भर, शिपयुक्त, सवाल र समृद्द हाम्रो नगर” भन्ने मुलनाराका साथ संचालन भइरहेको महोत्सवमा दर्शकको उत्साहजनक भिड बढेपछि चौथो बुद्धभूमि महोत्सव २ दिनका लागि थप गरिएको महोत्सवका संयोजक तथा उद्योग बाणिज्य संघ बुद्धभूमिका अध्यक्ष शुभलाल भुसालले जानकारी दिए ।

यस महोत्सवलाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले समुद्घाटन गरेका थिए ।

महोत्सवमा बालउद्यान , विभिन्न घरायसी सामानका स्टलहरु , लत्ताकपडाका स्टलहरु , होटलका स्टलहरु , अटोमोबाइलसंग सम्बन्धित स्टलहरु, गरि १०० भन्दा बढी स्टल रहेको स्टल संयोजक धुर्व भुसालले बताए ।

चौथो बुद्धभूमि महोत्सव बुद्धभूमि -२ मा गोरुसिंगेमा मंसिर ६ गतेदेखि सुरु भएको हो । भने यो महोत्सव मंसिर १९ गतेसम्म संचालन हुने छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार